वागीश्वरी कलेजमा अनुसन्धानमूलक लेखन तथा प्रकाशनसम्बन्धी दुई दिने गोष्ठी सुरु | Jana Aawaj News

वागीश्वरी कलेजमा अनुसन्धानमूलक लेखन तथा प्रकाशनसम्बन्धी दुई दिने गोष्ठी सुरु

पढ्न लाग्ने समयः < 1 मिनेट
वागीश्वरी कलेजमा अनुसन्धानमूलक लेखन तथा प्रकाशनसम्बन्धी दुई दिने गोष्ठी सुरु : Jana Aawaj News

भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयको सहयोगमा वागीश्वरी कलेजमा अध्यापनरत शिक्षकलाई अनुसन्धानमूलक लेखन र प्रकाशनसम्बन्धी दुई दिने कार्यशाला गोष्ठीको उद्घघाटन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।


गोष्ठीका प्रमुख अतिथि कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कार्यशाला गोष्ठी सफलताको निम्ति शुभकामना दिदै वागीश्वरी कलेज अनुसन्धानको क्षेत्रमा क्रमशः सक्षम हु“दै गएकोमा खुसी व्यक्त गर्नुभयो ।
पिछडिएको जिल्लाको रूपमा परिभाषित भक्तपुर जिल्लालाई ‘एक घर एक स्नातक’ को मूल उद्देश्य लिएर अघि बढ्दा आज कला संस्कृतिसंगै  शिक्षालगायतका क्षेत्रमा नमूना बनाउन सफल भएको दृष्टान्त प्रस्तुत गर्दै हामीले अनुसन्धानमा गरेको मिहिनेतले भोलि आउने पि“ढीलाई मार्गनिर्देशन गर्ने बताउनुभयो ।

वागीश्वरी मा.वि. व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले शिक्षालाई उत्पादनमूलक, सक्षम, व्यावहारिक बनाउ“दा विद्यार्थीहरूको गुणस्तरमा वृद्धि हुने बताउ“दै वागीश्वरीले पढाइससंगै  विद्यार्थीहरूलाई उद्यमशील हुन प्रेरित गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो ।

वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले शिक्षक सक्षम भए गुणस्तरीय विद्यार्थीहरू उत्पादन हुने भएकाले यस्ता कार्यशाला गोष्ठीहरू शिक्षक विद्यार्थीहरू सबैलाई आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका सभापति वागीश्वरी अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सिद्धिवीर कर्माचार्यले वागीश्वरी कलेजबाट भएका अनुसन्धानात्मक गतिविधिबारे चर्चा गर्नुहुँदै अनुसन्धान जहा“ हुन्छ त्यस क्षेत्रमा पढाइ परिष्कृत हु“दै जाने बताउनुभयो ।

कार्यशाला गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापकद्वय डा. कोमल फुयाल र डा. शिव रिजाल स्रोतव्यक्ति रहनुभएको छ । वागीश्वरी कलेजको अनुसन्धान समितिका संयोजक तथा उपप्राध्यापक मोहनकृष्ण श्रेष्ठले स्वागत गर्नुभएको उक्त कार्यक्रममा उपप्राध्यापक विकल प्रजापतिले पनि बोल्नुभउको थियो ।

+ posts

 

 

ताजा
1 सेवामा अवरोध नगर्न आग्रह
2 सूर्यविनायक १० मा १७ करोडको योजनाहरु सञ्चालनमा छन् : वडा अध्यक्ष राउत
3 भक्तपुरको पारिजात विद्या कुञ्ज स्कुलमा नेपाली सेनाद्वारा बिपद् व्यवस्थापन सम्बन्धी डेमो प्रदर्शन
4 मदरल्याण्डमा ४ जिपिए ल्याउने विद्यार्थीलाई ५० हजार नगदसहित सम्मान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न