गुण्डु ७ देखि किवाचोक हुँदै नयाँ थिमिसम्म भाडाको बस संचालनमा | Jana Aawaj News

गुण्डु ७ देखि किवाचोक हुँदै नयाँ थिमिसम्म भाडाको बस संचालनमा

पढ्न लाग्ने समयः < 1 मिनेट
गुण्डु ७ देखि किवाचोक हुँदै नयाँ थिमिसम्म भाडाको बस संचालनमा : Jana Aawaj News

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नम्बर ७ गुण्डुदेखी नयाँ थिमीसम्म भाडाको बस संचालनमा आएको छ ।

उक्त ठाउँमा भाडाको बस संचालनमा आउन नसक्दा स्थानीयबासिलाई आवत जावत गर्न निकै कठिनाई भोग्दै आउनु परेको थियो । लामो समयदेखिको स्थानीयको माग, आवश्यकता र अपरिहार्यतालाई मध्यनजर गर्दै टोलबासीको अनुरोधलाई स्वीकार गरि  किबाचोकका यातायात व्यवसायी कृष्ण बहादुर कोजुले सुर्यविनायक नगरपालिका र वडाको समन्वयमा सू.न.पा-७ गुण्डू वडा कार्यालयबाट किबाचोकको भिम स्कुल, बक्रेश्वर चोक,ज्योति मा.वि, मोर्डन स्कुल, हर्षचोक, शंकर स्कुल देखी मध्यपुर हस्पिटल हुँदै थिमीको माइक्रो बस स्टप सम्म संचालन शुरु भएको हो । उक्त बस आदा-आदा घण्टाको अन्तरालमा आवतजावत गर्ने गरी भाडाको लोकल गाडी संचालन गरिएको हो।

टोलबासीहरुले बर्षौं देखी उक्त स्थानमा सार्वजनिक बसको आवश्यकता भएको र अहिले आएर पुरा भएको खुसियालीमा किवाचोक युवा क्लव द्वारा शनिबार ब्रकेश्वर चोकमा ड्राइभरलाई खादा माला लगाएर स्वागत गरेको किवाचोक युवा क्लवका अध्यक्ष दिनेश थापाले जानकारी दिनुभयो ।

उक्त भाडाको बस बक्रेश्वर यातायात समितिद्वारा परिक्षणको रुपमा २०८० बैशाख १५ गते देखी संचालनमा आएको हो भने, भाडा प्रति व्यक्ति रु. २० देखि २५ रुपैयाँसम्म भाडा कायम गरिएको थापाले बताउनुभयो ।

तस्बिर : दिनेश थापा ।

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न