बुद्धजयन्तीको दिन कोन्ज्योसोममा प्रतिमाको उद्घाटन | Jana Aawaj News

बुद्धजयन्तीको दिन कोन्ज्योसोममा प्रतिमाको उद्घाटन

पढ्न लाग्ने समयः 2 मिनेट
बुद्धजयन्तीको दिन कोन्ज्योसोममा प्रतिमाको उद्घाटन : Jana Aawaj News

ललितपुर, वैशाख २५ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको गाउँ गौरवको योजनाको अन्तगर्त कोन्ज्योसोम प्रतिमाको भव्यरुपमा उद्घाटन हुने भएको छ । २०८१ जेठ १० गते बुद्धजयन्तीको दिन कोन्ज्योसोम प्रतिमाको उद्घाटन गर्न लागेको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ ।

प्रतिमा उद्घाटनका दिन सहभागि हुन कोन्ज्योसोम गाउँपालिका अध्यक्ष कृष्णमान लामाले सबैमा अनुरोध गर्नुभएको छ । अध्यक्ष लामाले भिडियो सन्देश सार्वजनिक गर्दै बुद्धजयन्तीका दिन हुने प्रतिमाको उद्घाटन कार्यक्रकमा उपस्थितिका लागि आग्रह गर्नुभएको हो ।
गाउँपालिकाले गाउँ गौरवको योजनाक अन्तर्गत कोन्ज्योसम प्रतिमा सम्पन्न गरेको छ । उक्त योजना नमूनाको रुपमा रहरेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।

कोन्ज्योसोम गाउँपालिका ललितपुरको अग्लो स्थानमा रहेको छ । ‘स्वयम्भुमा रहेको बुद्धको मूर्ति ४६ फिटको छ भने कोन्ज्योसोममा रहेको तीन बुद्धको मूर्तिमध्ये बीचको मूर्ति ५६ फिटको रहेको जनाइएको छ । यसैगरी दायाँबायाँ ५२ फिटको बुद्धको मूर्तिको निर्माण गरिएको छ,। अहिले कोन्ज्योसोमलाई गाउँपालिकाले गाउँ गौरवको योजनाको रुपमा घोषणा गरेको छ । गाउँपालिकाको नाम कोन्ज्योसोमकै नामबाट राखिएकाले पनि गाउँपालिकाले यसलाई गाउँ गौरवको योजनाको रुपमा राखेको गाउँपालिकाले जनाएको छ ।

भोट बर्मेली भाषा परिवारसँग सम्बन्धित तामाङ भाषाअन्तर्गत बौद्ध सभ्यताको पहिचान कोन्ज्योसोमले बोकेको छ । कोन्ज्योसोम प्रतिमाको अर्थ बुद्ध धर्मबाट उल्लेख गरिएको छ । कोन्ज्योको अर्थ भगवान् हो भने सोमको अर्थ त्रिदेव हो । त्रिदेव भनेको ब्रह्मा, विष्णु र महेश्वर हो । लामा भाषाबाट कोन्ज्योसोमको अर्थ बुद्धका तीन रत्न हुन् । बुद्धरत्न, धर्मरत्न, संघरत्न हो । बौद्ध सभ्यतामा संघको स्थान अत्यन्तै महत्वपूर्ण हुन्छ । बुद्धत्व प्राप्तिका लागि धर्म रत्नको अनुशरण र अभ्यास गर्ने अनुयायीहरूको समूहलाई बौद्ध संघ भनिन्छ । सामान्यतया यी तीन रत्नलाई शरण स्थानको केन्द्र बिन्दुमा स्वीकार गरी शरणगमनशील तथा पञ्चशील पालना गर्ने व्यक्तिको समूह मात्र बौद्ध संघ हुन्छ। बौद्ध सभ्यताको यसै नामबाट कोन्ज्योसोम गाउँपालिकाले पहिचान पाएको गाउँपालिकाले जनाएको छ ।

+ posts

 

 

ताजा
1 मध्यपुर मेयर कप कराते प्रतियोगिता-२०८३ सम्पन्न
2 मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन
3 भक्तपुरमा भव्य रूपमा मनाइयो २२ औँ विश्व रक्तदाता दिवस
4 सिरुटारमा प्रथम वडास्तरीय दौड प्रतियोगिता सम्पन्न, १६५ बालबालिकाको सहभागिता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न