रवि लामिछानेद्वारा गगन थापालाई खुला चुनौती | Jana Aawaj News

रवि लामिछानेद्वारा गगन थापालाई खुला चुनौती

प्रामाण भेट्टाउनुस म राजनिती छाड्छु भेट्टाउनुभएन भने तपाई छाड्नुस

पढ्न लाग्ने समयः < 1 मिनेट
रवि लामिछानेद्वारा गगन थापालाई खुला चुनौती : Jana Aawaj News

काठमाडौं । आज गृहमन्त्री रवि लामिछानेले सहकारीबाट १ अर्व ठ्गि गरेको कुरा काङ्ग्रेसले उठाएपछि सदन स्थगित भएको हो । संसदिए छनबिन समिती नबनाए गगन थापाले सदन अघि बढ्न नदिने बताउनुभयो ।

गृहमन्त्री लामिछानेले कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ऋण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन। म संसदीय छानबिन सँग र तपाइँहरुको देश डुबाउने राजनीति सँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ किन डराएको ? डर र रबि लामिछाने एकै ठाउमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ। तपाईहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस्, मपनि यो सर्वभौम संसदको सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि हुँ। म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्ने?? दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाँउ न भन्दा संसदमा बाटो छेक्ने?? घेराउ गर्ने? अझ डारायो भन्ने? यहि हो कांग्रेसको लोकलन्त्र??

प्रिय रास्वपा परिवारका साथीहरु, शिर ठाडो राख्नु होला। तपाईंको सभापतिले आज सम्म कसैलाई ठगेको छैन।

गृहमन्त्री रवि लामिछानेको फेसबुकबाट

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न