४०० केभी विद्युत् सबस्टेसन स्थापना गर्न एमसीए-नेपालको हस्ताक्षर | Jana Aawaj News

४०० केभी विद्युत् सबस्टेसन स्थापना गर्न एमसीए-नेपालको हस्ताक्षर

पढ्न लाग्ने समयः < 1 मिनेट
४०० केभी विद्युत् सबस्टेसन स्थापना गर्न एमसीए-नेपालको हस्ताक्षर : Jana Aawaj News

काठमाडौं । नयाँ बुटवल सबस्टेसन निर्माणका लागि एमसीए-नेपालले सम्झौतामा हस्ताक्षर गरेको छ । लुम्बिनी प्रदेशको नवलपरासी जिल्लामा रहेको पहिलो ४०० केभी विद्युत् सबस्टेसनको एमसीए-नेपालको हस्ताक्षर समारोहमा अमेरिकी राजदूत थम्पसन आज सामेल हुनुभएको थियो।

उहाँसँग स्थानीय प्रतिनिधि सहित प्रमुख जिल्ला अधिकारी, नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, एमसीसी-नेपाल बोर्डका सदस्यहरु, एमसीसी र एमसीए-नेपाल टोली सहभागी हुनु भएको थियो । एमसीए-नेपाल र लिंकसन इन्डिया प्रालिबीच सबस्टेसन निर्माणको सम्झौता भएको थियो।

कार्यक्रममा राजदूत थम्पसनले नयाँ बुटवल सबस्टेसनले नेपालको प्रसारण क्षमतामा सुधार ल्याउने, नेपाली घर परिवार, नेपाली व्यावसायिक तथा औद्योगिक क्षेत्रका लागि भरपर्दो र सस्तो विद्युत् उपलब्ध गराउने र नेपालको क्रस बोर्डर बिजुली व्यापारमा योगदान पुर्याउने बताउनुभएको थियो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न