आईसीसी टी–२० विश्वकप क्रिकेटमा १७ देशद्धारा टोली घोषणा | Jana Aawaj News

आईसीसी टी–२० विश्वकप क्रिकेटमा १७ देशद्धारा टोली घोषणा

पढ्न लाग्ने समयः < 1 मिनेट
आईसीसी टी–२० विश्वकप क्रिकेटमा १७ देशद्धारा टोली घोषणा : Jana Aawaj News
तस्बिर : सामाजिक संजाल ।

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि अहिलेसम्म १७ वटा देशले टोली घोषणा गरेको छ ।

सन् २०२४ जुन १ देखि जुन २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने नवौँ संस्करणको प्रतियोगिताका लागि अहिलेसम्म १७ वटा देशले टोली घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका अनुसार २० वटा देश सहभागी हुने प्रतियोगिताका लागि अब पाकिस्तान, बङ्ग्लादेश र नेदरल्यान्ड्सले टोली घोषणा गर्न बाँकी रहेको बताइएको छ ।

टी-२० विश्वकपको समूह ‘ए’ मा आयरल्यान्ड, क्यानडा, अमेरिका, भारत र पाकिस्तान रहेका छन् । यसैगरी समूह ‘ब’ मा अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान र इङ्ग्ल्यान्ड रहेका छन् । समूह ‘सी’ मा अफगानिस्तान, युगान्डा, पीएनजी, न्युजिल्यान्ड र वेस्ट इन्डिज छन् । यस्तै समूह ‘डी’ मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्ग्लादेश छन् । जुन १ मा उद्घघाटन खेलमा अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा हुने बताइएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न