सहकारीको १ अर्ब १५ लाख हिनामिना ८ जना पक्राउ | Jana Aawaj News

सहकारीको १ अर्ब १५ लाख हिनामिना ८ जना पक्राउ

पढ्न लाग्ने समयः < 1 मिनेट
सहकारीको १ अर्ब १५ लाख हिनामिना ८ जना पक्राउ : Jana Aawaj News

काठमाडौं । पोखरामा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडविरुद्ध उजुरी दिन जिल्ला प्रहरी कार्यालय कास्कीले आग्रह गरेको थियो ।

मंगलबार सूचना जारी गर्दै कास्की प्रहरीले पोखरा महानगरपालिका–४, गैह्रापाटनमा रहेको उक्त सहकारीबाट रकम फिर्ता नभएकालाई उजुरी दिन आग्रह गरेपछि सहकारी संस्था लिमिटेडका बचत कर्ताको रकम हिनामिना प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार नै ८ जनालाई पक्राउ गरेको छ ।

सहकारीको १ अर्ब १५ लाख ८ हजार १ सय ४२ रुपैयाँ ५० पैसा रकम अपचलन तथा हिनामिना गरेको भन्ने सहकारी रजिष्ट्रारको कार्यालय पोखराको पत्र जाहेरीका आधारमा सहकारीका पूर्व र वर्तमान पदाधिकारी तथा कर्मचारी गरी ८ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले पत्र पठाइ मंगलबार सहकारी ऐन, २०७४ बमोजिम अनुन्धान गरी दिन अनुरोध गरेको पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले ८ जनालाई पक्राउ गरेको हो ।


सहकारीविरुद्ध सहकारीमा रकम जम्मा गरेको आधार देखिने शेयरधनी प्रमाणपत्र, पासबुक, भौंचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र लगायत परिचय खुल्ने प्रमाणपत्रसहित प्रहरीले बचतकर्तालाई जेठ २० गते उजुरी दिन अनुरोध गरेको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 देशका केही स्थानमा भारी वर्षाको सम्भावना
2 प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग
3 ASEZ WAO द्वारा ललितपुरको चापागाउँमा सरसफाइ गतिविधि सम्पन्न
4 शान्ति आदर्श कलेजमा ASEZ द्वारा ‘जिरो प्लास्टिक २०४०’ सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न