नेकपा (एमाले) भक्तपुरको ९ औं जिल्ला अधिवेशन भोलिबाट शुरु | Jana Aawaj News

नेकपा (एमाले) भक्तपुरको ९ औं जिल्ला अधिवेशन भोलिबाट शुरु

प्रेस- विज्ञप्ति सहित

पढ्न लाग्ने समयः 2 मिनेट
नेकपा (एमाले) भक्तपुरको ९ औं जिल्ला अधिवेशन भोलिबाट शुरु : Jana Aawaj News

भक्तपुर । नेकपा (एमाले) भक्तपुर जिल्लाको ९ औं जिल्ला अधिवेशन भोलिबाट शुरु हुने भएको छ ।

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको ९ औं जिल्ला अधिवेशन मिति २०८१ जेठ ३ गते विहिबार (भोली) बाट सुरु हुदैछ । भक्तपुरको सल्लाघारी चुनदेविस्थित इम्पेरियल बैंक्वटमा पार्टिका केन्द्रिय अध्यक्ष क. केपि शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्धघाटन समारोह हुने नेकपा एमालेका जिल्ला अध्यक्ष वचन देउजाले जानकारी  दिनुभयो ।

अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिदै ९ औं जिल्ला अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न समितिहरु बनाएर काम गरिहेको बताउनुभयो ।

अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको चयन कार्य सकिएको छ । जस अनुसार पार्टी विधानमा व्यवस्था भए अनुसार आयोजक कमिटी, सल्लाहकार कमिटी, भूगोल कमिटी, जनसंगठन र मनोनित सहित ४ सय ९८ जना प्रतिनिधिहरु चयन भएको बताउनुभयो । उद्धघाटन कार्यक्रम भव्य बनाउन भक्तपुरका दुई ठाउँमा पार्टीका नेता, कार्यकर्ता भेला भएर र्यालिसहित कार्यक्रम उद्धघाटन स्थलमा आउने कार्यक्रम रहेको समेत जानकारी दिनुभयो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न