वैदेशिक रोजगार बोर्डको सचिवालयद्धारा विभिन्न सेवा सुचारु | Jana Aawaj News

वैदेशिक रोजगार बोर्डको सचिवालयद्धारा विभिन्न सेवा सुचारु

पढ्न लाग्ने समयः < 1 मिनेट
वैदेशिक रोजगार बोर्डको सचिवालयद्धारा विभिन्न सेवा सुचारु : Jana Aawaj News

जन आवाज संवाददाता
काठमाडौं । आज वैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहल काठमाडौंले सचिवालयबाट प्रदान हुने सेवाहरुको बारेमा जानकारी गराएको छ ।

सचिवालयले सूचना श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करार अवधिभित्र वा तोकिएको अवधिभित्र सम्मका लागि कामदार एवं कामदारको परिवारलाई बोर्डबाट सेवा सुचारु भएको जानकारी गराएको हो ।

कामदार विदेश वा नेपालमा समेत बिरामी वा अंगभंग भएमा उपचारका लागि ७ लाख रुपैयाँ सम्म आर्थिक सहायता गर्ने, कामदारको घरपरिवारका सदस्यलाई गम्भीर रोग लागेमा एक पटकका लागि ५० हजार रुपैयाँ सम्म औषधी उपचार सहयोग, एक पटकका लागि विदेशमा उद्दार तथा खोजतलासको समन्वय तथा स्वदेश फिर्ता ल्याउने एवं फौजदारी अभियोग लागि कानूनी सहायता आवश्यक परेमा कानुनी प्रतिरक्षा सहायता, महिला कामदारले पूर्व–प्रस्थान अभिमुखीकरण तालिम वापत तिर्नुपर्ने शुल्क सोधभर्ना, विदेशमा कामदारको मृत्यु भएमा शव नेपाल झिकाउने एवं त्रिभुवन विमानस्थलबाट इच्छाईएको सडक पुगेको स्थलसम्म निःशुल्क शव ढुवानी सेवा, मृतक कामदारको नजिकको हकवालालाई करार अवधिभित्र वा सो को एक वर्षभित्र मृत्यु भए रु. ७ लाख र सो अवधि पछि मृत्यु भएको भए २५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान, पूर्ण आर्थिक सहायता प्राप्त गरेका कामदारका सन्ततीलाई वैदेशिक रोजगार छात्रवृत्ति सहायता, विदेशबाट फर्किएका रिटर्नी कामदारहरुलाई उद्यमशील बनाउने लगायत अन्य प्रवद्र्धनात्मक विभिन्न कार्यक्रमहरु सुचारु भएको बताएको छ ।

उपरोक्त सेवा लिनका लागि सम्बन्धित स्थानीय तहको रोजगार सेवा केन्द्र, आप्रवाशी स्रोत केन्द्र वा वैदेशिक रोजगार बोर्डको सचिवालयमा सम्पर्क गर्न सकिने जानकारी गराएको छ ।

सम्पर्क विवरणः वेब साईट: www.feb.gov.np http://shramadhan.moless.gov.np; facebook.com/molcallcenter इमेल: [email protected]; [email protected]; [email protected] श्रमाधान (कल सेन्टर): ११४१, १६६००१५०००५ (NTC बाट निःशुल्क), फोन/इमो/भाईबर/हाट्सएपः +९७७९८५१३३४२२ भाईबर/हाट्सएपः ९८०१८०००१३ इमोः ९८०१३०००३३, शुल्क लाग्ने नम्बरः ९८०१८०००३३, ०१-५९७०००८ (२४सै घण्टा) टेलिमेडिसिन (ईमो, भाईबर, हाटसएप विहान १० देखि साँझ ६ बजे सम्म) ९८५१३४५७०१/७०२

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न