राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८१ बाट सुमी मानव सम्मानित | Jana Aawaj News

राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८१ बाट सुमी मानव सम्मानित

पढ्न लाग्ने समयः < 1 मिनेट
राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८१ बाट सुमी मानव सम्मानित : Jana Aawaj News

जन आवाज संवाददाता

भक्तपुर । राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८१ द्धारा मानव कल्याण समाजलाई सम्मान गरिएको छ । राष्ट्रिय युवा संघको ३५ औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित विषेश समारोमा मानब कल्याण समाज मार्फत सडक आश्रित विभिन्न व्यक्तीहरुको गास बास र कपासको व्यवस्थापन तथा पारिवारिक पुर्नमिलनको काममा लाग्दै आउनु भएकी संस्थाको संस्थापक अध्यक्ष सुमित्रा चौलागाई सुमी मानवलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८१ बाट सम्मानित गरिएको छ ।

आज राजधानीको राष्ट्रिय सभा गृहमा विशेष समारोहका बीच मानव कल्याण समाजलाई उत्साहवद्र्धनका साथ रु. ५१००० नगद सहित नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, नेकपा एमालेका नेता राष्ट्रिय युवा संघका संस्थापक अध्यक्ष महेश बस्नेतले सम्मान गर्नुभएको हो ।

राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८१ बाट सम्मानित सुमित्रा चौलागाई सुमी मानव बिगत लामो समय देखि सडकपेटि लगाएतका सार्वजनिक स्थानहरुमा जिवन बिताउँदै आएका बेसाहार व्यक्तीहरुलाई संस्थाद्धारा संचालित सेवा घरमा आश्रय दिदै आएकी छिन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न