हेटौंडा । मकवानपुरमा मोटरसाइकल चोरीको घटना बढेसगैं मकवानपुर प्रहरीले अप्रेसन चलाएर चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका कार्यालयह?को संयुक्त अपरेसनमा चोरी गरिएका ५ वटा मोटरसाईकल सहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मोटरसाइकलहरु धमाधम चोरी हुन थालेपछि प्रहरीले सवारीधनिले दिएको उजुरीका आधारमा खोजतला गर्दा हराएका ५ थान मोटरसाइकल सहित ६ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिका १५ का २० वर्षीय मिलन पाख्रिन, हेटौँडा उपमहानगरपालिका १६ का ३० वर्षीय रत्नबहादुर गोले, हेटौँडा ८ का १९ वर्षीय संजीव भोलन, बकैया गाउँपालिका ८ का ३३ वर्षीय रमेश लोप्चन, ईन्द्रसरोवर गाउँपालिका ५ का सुवास बोम्जन, हेटौँडा उपमहानगरपालिका १९ का अशोक स्याङ्तान रहेको मकवानपुर प्रहरी जानकारी गराएको छ ।
६ जनालाई चोरी मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ८ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी गराएको छ ।
Related