मेटरसाइकल चोर्ने ६ जना पक्राउ | Jana Aawaj News

मेटरसाइकल चोर्ने ६ जना पक्राउ

पढ्न लाग्ने समयः < 1 मिनेट
मेटरसाइकल चोर्ने ६ जना पक्राउ : Jana Aawaj News

हेटौंडा । मकवानपुरमा मोटरसाइकल चोरीको घटना बढेसगैं मकवानपुर प्रहरीले अप्रेसन चलाएर चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका कार्यालयह?को संयुक्त अपरेसनमा चोरी गरिएका ५ वटा मोटरसाईकल सहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।


मोटरसाइकलहरु धमाधम चोरी हुन थालेपछि प्रहरीले सवारीधनिले दिएको उजुरीका आधारमा खोजतला गर्दा हराएका ५ थान मोटरसाइकल सहित ६ जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।


पक्राउ पर्नेहरुमा हेटौँडा उपमहानगरपालिका १५ का २० वर्षीय मिलन पाख्रिन, हेटौँडा उपमहानगरपालिका १६ का ३० वर्षीय रत्नबहादुर गोले, हेटौँडा ८ का १९ वर्षीय संजीव भोलन, बकैया गाउँपालिका ८ का ३३ वर्षीय रमेश लोप्चन, ईन्द्रसरोवर गाउँपालिका ५ का सुवास बोम्जन, हेटौँडा उपमहानगरपालिका १९ का अशोक स्याङ्तान रहेको मकवानपुर प्रहरी जानकारी गराएको छ ।
६ जनालाई चोरी मुद्धामा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ८ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी गराएको छ ।

+ posts

 

 

ताजा
1 चाँगुनारायणलाई देशकै पहिलो ‘योग नगर’ घोषणा : स्मारिका विमोचनसँगै सामूहिक साधना
2 कोशी प्रदेशकाे  नीति तथा कार्यक्रम आज 
3 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
4 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न