चलचित्र पुजार सार्कीमा नायक पलको लुक्स भाइरल | Jana Aawaj News

चलचित्र पुजार सार्कीमा नायक पलको लुक्स भाइरल

पढ्न लाग्ने समयः < 1 मिनेट
चलचित्र पुजार सार्कीमा नायक पलको लुक्स भाइरल : Jana Aawaj News
तस्बिर : पल शाहको फेसबुकबाट ।

जन आवाज संवाददाता
काठमाडौं । यही जेठ १० गते रिलिज हुने चलचित्र पुजार सार्कीमा कलाकार पल शाहले आफूले निर्वाह गरेको भूमिकाको तस्बिर यतिबेला सामाजिक संजालमा भाइरल भएको छ ।


चलचित्रमा प्रहरीले पक्राउ गरेको सिनमा आफ्नो क्यारेक्टर तस्बिर पलले सार्वजनिक गरेका थिए । जुन तस्बिरमा पल सेतै दारीजुंगा फुलेको वृद्ध उमेरको क्यारेक्टरमा प्रस्तुत भएका छन् । पलले भनेका छन् ‘आज मैले पुजार सार्कीमा मेरो अभिनयबाट यो तस्बिर सार्वजनिक गरेको छु । यो तस्बिरबाट तपाईंले मेरो भूमिका कति गहन र अर्थपूर्ण छ भनेर पक्कै अनुमान लगाउनु हुनेछ’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका हुन् ।

पलले ‘पुजार सार्की’ आफ्नो करिअरमा महत्वपूर्ण सावित हुनेमा विश्वास व्यक्त गरेका छन् । दिनेश राउतको निर्देशनमा बनेको उक्त चलचित्रमा पलसँगै प्रदीप खड्का र आर्यन सिक्देल मुख्य भूमिकामा रहेका छन् ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न