सन्तुलित र स्वच्छ खानाबारे जागरण बढेको छ : पुर्वमन्त्री बस्नेत | Jana Aawaj News

सन्तुलित र स्वच्छ खानाबारे जागरण बढेको छ : पुर्वमन्त्री बस्नेत

पढ्न लाग्ने समयः 2 मिनेट
सन्तुलित र स्वच्छ खानाबारे जागरण बढेको छ : पुर्वमन्त्री बस्नेत : Jana Aawaj News

जन आवाज संवाददाता

भक्तपुर। सूर्यविनायक नगरपालिका, वडा नं. ७ द्धारा “विषाधिरहित भान्सा र जीवन सुरक्षा सम्वन्धि दुईदिने प्रशिक्षण सम्पन्न भएको छ ।
वडा अन्तर्गत स्थानीय महिला समुहलाई सो तालिम आयोजना गरिएको थियो ।
सूर्यविनायक नगरपालिका ७ र संवाहिका समाज नेपालको सहकार्यमा विषदीरहित भान्सा र जीवन सुरक्षासम्बन्धी जेठ ११ र १२ गते सूर्यविनायक नगरपालिका, वडा ७ गुण्डु स्थित सभाहलमा सञ्चालन गरिएको थियो ।

पूर्वमन्त्री महेश बस्नेतले सन्तुलित र स्वच्छ खानाबारे जागरण बढेका बताउदैं स्थानीय महिला समुहलाई लक्ष्यित गरी आयोजित तालिमले स्वच्छ र सन्तुलित खाना बनाएर परिवारको स्वास्थ्य सुरक्षा गर्न महिला सक्षम बनाउने बताउनुभयो । उहाँले,“विगतमा तरकारी, खाना र अन्न प्राकृतिक रूपमै स्वच्छ हुन्थ्यो, खाना कसरी मिठो खाने भन्ने ध्येय हुन्थ्यो भने हाल मानिसमा चेतनाको वृद्धि भएकोले छ तर विषाधिको प्रयोग बढेको, पानी समेत दुषित भएको अवस्थामा विषाधिरहित भान्साबारे प्रशिक्षणले स्थानीयमा सचेतनाको लहर आउनेछ् । ”

पूर्व मन्त्री बस्नेतले सूर्यविनायकका बासिन्दाले हाल सडक, बाटो घाटो लगायतको विकासको अनूभुति गरिरहँदा जीवन सुरक्षासहित रोगबाट बच्न स्वच्छ भान्सा र पोषणयुक्त र विषाधिरहित खाना जीवनशैलीका लागि पनि वडा, नगरले यस्ता सचेतनामुलक कार्यक्रमको आयोजना गर्दै स्वच्छ नागरिक अभियानमा अगाडि बढ्नु निक्कै सह्रानीय कदम चालेको बताउनुभयो ।

सूर्यविनायक नगरपालिका वडा नं. ७ का अध्यक्ष रविन्द्र सापकोटाले सूर्यविनायक क्षेत्रको भौतिक विकाससँगै स्वस्थ नागरिक जीवनशैलीका लागि पनि वडाले पहल गरिरहेको बताए । अध्यक्ष सापकोटाले स्थानीयको जागरणका लागि सानो बजेट छुटट्याएर संवाहिका समाज नेपालसँगको सहकार्यमा स्थानीय महिला समुहलाई लक्ष्यित गरी हाल चुनौतिपूर्ण बन्दै गएको स्वच्छ भान्साबारे प्रशिक्षणको आयोजना गरेको बताउनुभयो ।
उहँले वडामा मुटु रोग, मिर्गौला र क्यान्सर रोग लागेर सहयोग लिन आउनेको सङ्ख्या बढ्नु सुखद अनुभव होइन भन्दै स्वच्छ र सन्तुलित खानपान र स्वस्थ्य जीवनशैलीबारे जागरणको आवश्यकता औल्याउनुभयो ।
कार्यक्रममा पोषणविद् सुजा मोक्तानले पोषणयुक्त सन्तुलित आहारबारे प्रशिक्षण दिंदै खाना मिलाएर खाना नजान्दा हाल रोग बढिरहेको चर्चा गर्नुभएको थियो ।

प्रशिक्षण कार्यक्रमको दोस्रो दिन शनिवार काठमाडौँ महानगरपालिकाका खाद्य अनुसन्धान अधिकृत अनिल बस्नेतले खाद्य सुरक्षा र विषाधिबारे प्रशिक्षण दिनुभएको थियो ।
त्यसैगरी संवाहिका समाज नेपालका सल्लाहकार एवं पूर्वाञ्चल विश्वविद्यालयका उपप्रध्यापक युवराज पौडेलले मोवाइल, इन्टरनेटलगायतका प्रविधिको सहि उपयोगबारे प्रशिक्षण गराउनुभएको थियो ।
संवाहिका समाज नेपालका सचिव कविता थापाले सूर्यविनायक नगरपालिका, वडा नं. ७ का स्थानीय महिलाका लागि विषाधिरहित भान्सा र जीवनशैलीबारे प्रशिक्षणका लागि सहकार्य गर्ने अवसर पाउँदा खुसी लागेको बताउनुभयो ।

प्रशिक्षण समापन समारोहका सभापति सन्तोषि परियारले महिलाले भात, भान्सा गर्दै रोजगारी र अन्य नेतृत्वदायी भूमिका पनि निर्वाह गर्नुपर्ने अहिलेको अवस्थामा आफ्नो र परिवारको समेत स्वास्थ्यको हेरचाह गर्न यस्ता तालिम, प्रशिक्षणले सहयोग पुग्ने बताउनुभयो ।

उहाँले खेतीपातीमा पनि महिला नै अग्रसर हुने र खाना पकाउँदा पनि महिलाले बढि खट्नुपर्ने हुँदा विषाधिमुक्त भान्साका लागि महिलाले प्रशिक्षण लिने अवसरले सिङ्गै परिवार लाभान्वित हुने बताउनुभयो ।

संवाहिका समाज नेपालका सदस्य मेनुका कार्कीको संयोजकत्वमा आयोजित प्रशिक्षण कार्यक्रमका लागि सदस्यद्वय सावित्री बस्नेत र सुमित्रा लुईटेलले पनि व्यवस्थापनका लागि सहयोग गर्नुभएको थियो ।
सो प्रशिक्षणमा स्थानीय सहकारीका अध्यक्षलगायत पदाधिकारीहरू, आमा समुह, महिला समुह र महिला स्वास्थ्य स्वयमसेविकाहरूको ५० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

उक्त प्रशिक्षणमा सहभागिहरुले नगरपालिकामै पहिलो चोटि विषदीरहित भान्सा र जीवन सुरक्षासम्बन्धी जानकारी मुलक तालिम लिन पाएकोमा खुसी ब्यक्त गरेका थिए ।

 

 

 

 

+ posts
ताजा
1 कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
2 एमाले चागुनारायण कमिटीको रक्तदान कार्यक्रम सप्पन्न
3 प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच भर्चुअल बैठक समस्यालाई पहिचान गरि एक्सनमा जान्छौँ : प्रधानमन्त्री ओली
4 वीलभयूद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 Contact
2 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
3 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न