ब्लगिङ गर्नुहोस् लाखौ कमाउनुहोस् । | Jana Aawaj News

ब्लगिङ गर्नुहोस् लाखौ कमाउनुहोस् ।

पढ्न लाग्ने समयः 3 मिनेट
ब्लगिङ गर्नुहोस् लाखौ कमाउनुहोस् । : Jana Aawaj News

जमिन राई, काठमाडौ । तपाईले सुन्नुभएकै होला ब्लगीङको बारेमा । अनि सुन्नु नै भएको होला ब्लगिङबाट पैसा पनि कामाइन्छ रे भनेर । तर तपाइलाई थाहा छ कति कमाइन्छ  ब्लगिङ गरेर रु अपत्यारीलो लाग्ला ब्लगिङबाट लाखौँ लाख पैसा कमाइन्छ भन्दा । ब्लगिङमा यति धेरै पैसा छ कि तपाई सोच्न पनि सक्नुहुन्न ।

ब्लगिङ सुरु गर्न त्यति गाह्रो पनि छैन । ओहो अब त झन आश्चर्यमा पर्नुभाये होला । अब त तपाईले यो लेख पढिसकेपछि पक्कै ब्लगिङ सुरु गर्नुहुन्होला हैन । तर पख्नुहोस् ब्लगिङ दुनिया रमाइलो छ , कमाइ अपत्यारिलो छ तर यदि तपाई सँग धैर्य र इच्दाशक्ति छैन भने यो क्षेत्रमा लाग्नु त्यति उचित नहोला ।

के हो ब्लगिङ

ब्लगिङ भनेको तपाईको लेखलाई वेवसाइट वा ब्लगमा संप्रेसन गर्नु हो । तपाईसँग केहि न केहि प्रतिभा त पक्कै छ । कसैलाई खानाको मीठो परिकार पकाउने प्रतिभा त कसैलाई सृगांरको ज्ञान , कृषिको ज्ञान वा कसैलाई लेख रचनामा पनि रुची हुन सक्छ । त्यस्तो केहि सोच्न सक्नुभएन भने समसामायिक विषयमा आफ्नो कुरा त अवश्य नै राख्नु सक्नुहुन्छ । त्यहि लेख रचनालाई तपाई आफ्नो ब्लग वा वेवसाइटमा राख्ने काम नै हो ब्लगिङ ।

कति खर्च लाग्छ ?

ब्लगिङ सुरु गर्न कति पनि खर्च लाग्दैन तपाई घरमा नै बसि बसी ब्लगिङ सुरु गर्न पर्छ । तपाइलाई मात्र एउटा कम्प्युटर र इन्टरनेट चाहिन्छ । केहि समय यता मानिसहरुले याडसेन्स एकाउन्ट बनाउने भन्दै धेरै पैसा खुवाएर बनाइएको पनि पाइएको । याडसेन्स एकाउन्ट आफै घरबाट नै गर्न सकिने प्रकृया हो मात्र चाहिन्छ थोरै ज्ञान ।

ब्लगिङ कथा

ब्लगिङ सुरु गर्नु भन्दा पहिले ब्लगिङ बाट नै धेरै पैसा कमाउनेहरुको कथा सुनौ न ।

१) जेनिफर बारिची

जेनिफर बारिची ति महिला हुन जसले आफ्नो हुँदा खादाको जागिर छोडेर ब्लगिङमा लागेका थिए । उनको विभिन्न महिला र उनिहरुको समस्याका बारेमा आफ्नो ब्लगमा लेख्छिन् । उनले ब्लगिङ गरेर नै बार्षिक १,८६,३२२ अमेरिकी डलर कमाउँछिन् ।

२) अमित अग्रवाल

टेक्नोलोजिले धनी बनाएका मध्ये पर्छन अमित अग्रवाल । उनि इन्डियाका ब्लगर हुन् । उनि इन्डियाका विभिन्न विषयमा ब्लग लेख्छन् । उनि ब्लगिङ गरेर मासिक ३०,००० देखि ४०,००० डलर कमाउँछन् ।

ब्लगिङ गरेर लाखौँ पैसा कमाउने यस्ता कथाहरु धेरै छन् ।  तपाई अरुको मात्र कथा पढ्न चाहानुहुन्छ कि आफ्नो पनि कथा रच्न चाहानुहुन्छ ?

 

के गर्नु पर्छ ?

ब्लगिङ शुरु गर्न चाहिने भाैतिक आवश्यकता धेरै छैन । कम्प्युटर , इन्टरनेट । तर अति अावश्यक पर्छ धैर्य र इच्छाशक्ति ।

सर्वप्रथम तपाइले आफ्नो ब्लग वा वेवाइट बनाउन पर्ने हुन्छ । ब्लगिङको लागि तपाइले शेवा गुगलबाट निःशुल्क बनाउन सकिन्छ । गुगलले दिएको शेवा blogger.com गएर नयाँ एकाउन्ट बनाउनुहोस् । यसलाई आफ्नो जिमेल एकाउन्ट मार्फत पनि चलाउन सक्नुहुन्छ । नयाँ ब्लग बनाउँदा तपाईले आफ्नो ब्लग वा वेवसाइटको उचित नाम राख्नुहोला । तपाईको खुबी के छ वा तपाई केमा ब्लगिङ गर्दै हुनुहुन्छ सोहि अनुरुप नाम राख्नसक्नुहुनेछ । त्यसपछि तपाइ फुर्सदमा हरेक दिन जसे नयाँ नयाँ ब्लगहरू पाेस्ट गर्नुहाेला ।

ब्लगमा तपाई मिहिनेत गरेर पाठकलाई रोचक र समसामायिक विषयमा चर्चा गर्दा तपाइको लेख धेरैले पढ्नेछन् ।  जति धेरै लेख पठन भयो त्यति नै धेरै पैसा कमाउन सक्नुहुनेछ ।

 

ख) याडसेन्स एकाउन्ट  (Adsense Account)

तपाईको लेख रचना पढिएर मात्र पैसा कमाइ भएको होइन । त्यस लेखमा संप्रेसन भएको विज्ञापन हेरिए बापत पैसा कमाइ भएको हो । याडसेन्सको काम विभिन्न विज्ञापन प्रदान गर्ने हो । गुगलद्वारा विभिन्न कम्पनीबाट विज्ञापन लिइन्छ र त्यही विज्ञापन तपाइको ब्लगमा सम्प्रसन हुन्छ जसलाई हेरेबापत तपाइलाई पैसा आउँछ । याडसेन्समा एकाएन्ट बनाउन खासै गाह्रो छैन । तपाई याडसेन्सको वेवसाइटमा http://www.google.com/adsense गएर नयाँ एकाउन्ट बनाउन सक्नुहुनेछ । त्यसपछि याडसेन्स बाट विज्ञापनको कोड लिएर तपाइले आफ्नाे ब्लगमा जसरी पोस्ट(लेख) सम्प्रेसन गर्नु हुन्छ त्यसरी नै सम्प्रेसन गर्नुहोस् ।तपाइकाे याडसेन्स खातामा पैसा सुरू सुरूमा थाेरै अाउँछ । त्यसैले धेरै ब्लगरहरू हरेस खाएर छाेड्ने गरेकाे पाइन्छ । तर जब राम्राे कमाइ हुन थाल्छ तब तपाइ ब्लगिª दुनिया बाट पर जानु मूर्खता साेच्नुहुन्छ ।

तपाइको ब्लगमा धेरैले पढेका छैनन् भने याडसेन्से विज्ञापन सम्प्रेसन नगर्न सक्छ । तर याडसेन्स जस्तै अरु विज्ञापन दिने कम्पनीबाट पनि विज्ञापन लिनसक्नुहुन्छ  । जस्तै yllix.com, infolinks.com , media.net ।

तर याडसेन्सले चाहिँ धेरै पैसा दिने भएकोले सबैको पहिलो रोजाइमा पर्छ ।

तपाई याडसेन्स बाहेक आफ्नो ब्लगमा affiliate marketing पनि गर्न सक्नुहुनेछ । affiliate marketing भनेको अनलाईन मार्केटिङ कम्पनीहरुको विज्ञापन हो जुन तपाइको ब्लगमा सम्प्रेसन हुन्छ । तपाइको ब्लग मार्फत पाठकले यस्ता कम्पनीहरुका शेवा सुविधा वा सामान लिए बापत तपाइले कमिसन पाउन सक्नुहुनेछ ।

तपाईको हातमा कसरी पैसा प्राप्त गर्ने ?

यसरी कमाएको पैसा तपाई आफ्नो अनलाईन बैक जस्तै पेपाल, पेजा,स्क्रिल, पायोनियर मा पठाउन सक्नुहुनेछ । अनलाइन बाट स्क्रिल हुँदै ईसेवामा पठाउनुभएमा तपाइले आफ्नै बैङ्क खातामा पैसा सजिलै पाउन सक्नुहुनेछ । याडसेन्सले भने तापइलाई Western Union Money Transfer बाट पैसा मगाउन सक्नुहुनेछ । याडसेन्समा कम्तिमा पनि १०० डलर भएपछि मात्र पैसा झिक्न सक्नुहुनेछ भने अरु विज्ञापन कम्पनीको झिक्न मिल्ने न्यूनतम पैसा बेग्लै बेग्लै हुन्छ ।

यसरी तपाइ घरमा नै बसेर आफूलाई मनमा लागेका कुरा लेखेरै इन्टरनेटको माध्यमबाट पैसा कमाउन सकिन्छ ।  इन्टरनेट यस्तो ठाँउ हो जहाँ तपाई सुतिरहदा पनि पैसा कमिरहन्छ । जानिसक्नुभाे कसरी ब्लगिङ बाट पैसा कमाउने भनेर अब त्यसकाे उपयाेगकिन प्रयोग नगर्ने त ?

+ posts