राष्ट्रपतिद्धारा ८ कैदीलाई माफी, ५२३ कैदीबन्दीको सजाय कट्टा | Jana Aawaj News

राष्ट्रपतिद्धारा ८ कैदीलाई माफी, ५२३ कैदीबन्दीको सजाय कट्टा

पढ्न लाग्ने समयः < 1 मिनेट
राष्ट्रपतिद्धारा ८ कैदीलाई माफी, ५२३ कैदीबन्दीको सजाय कट्टा : Jana Aawaj News

कठमाडौं । आज संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आठ जना कैदीलाई माफी दिनुभएको छ भने, पाँच सय २३ कैदीको कैद कट्टा गरिएको राष्ट्रपति कार्यालयले जानकारी गराएको छ ।
२९ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोहि सिफारिस अनुसार संविधान दिवसका अवसरमा हर्कबहादुर राईसमेत पाँच सय २३ कैदीले भुक्तान गर्न बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिएको छ ।
यस्तै संविधान दिवसका अवसरमा राष्ट्रपति भण्डारीले पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत आठ जनालाई कैद सजाय माफी दिनुभएको छ ।
संविधानको मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा सरकारले राम्रो आचारण भएका कैदी बन्दीलाई सजाय माफी दिनसक्ने व्यस्वस्था समेत गरेको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
2 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
3 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
4 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न