सुनपा १० द्धारा ३१ घर परिवारलाई इन्डक्सन चुलो हस्तान्तरण | Jana Aawaj News

सुनपा १० द्धारा ३१ घर परिवारलाई इन्डक्सन चुलो हस्तान्तरण

पढ्न लाग्ने समयः 2 मिनेट
सुनपा १० द्धारा ३१ घर परिवारलाई इन्डक्सन चुलो हस्तान्तरण : Jana Aawaj News

रशिला थापा
भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं. १० को आयोजनामा आर्थिक वर्ष २०८०/८१ को दलित, जनजाती लक्षित कार्यक्रम अन्र्तगत सोमबार इन्डक्सन चुलो हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा प्रमुख अतिथि सुर्यविनायक नगरपालिकाका मेयर बासुदेब थापाले सुर्यविनायक नगरपालिका सुखी नगरपालिका बनाउनका लागि सफा हराभरा नगरपालिका बनाउन सबैको सहयोग चाहिने बताउनुभयो ।

कर्णाली जस्तो सुनपा १० नं. वडामा सिवकास निर्माणको कार्यमा धेरै नै पछाडि परेको ठाँउ भएको बताउदैं यस ग्रामिण क्षेत्रलाई ७ वर्षको अन्तरालमा तिब्र गतिमा विकास निर्माणको काम भएको बताउनुभयो ।

यस क्षेत्रमा बाँकी रहेको अधुरा विकासका कामहरु अब बाँकी रहेको ३ वर्षभित्रमा सबै गर्ने गरी योजना बनाएको बताउनुभयो ।
कार्यक्रममा सुर्यविनायक नगरपालिका वडा नं. १० का वडा अध्यक्ष शिवराम राउतले वडास्तरिय लक्षित वर्ग दलित उत्थान कार्यक्रममा स्वीकृत भएको बजेटबाट लक्षीत वर्गको मागलाई सम्बोधन गर्दै इन्डक्सन चुलो हस्तान्तरण गरिएको बताउनुभयो ।

उक्त कार्यक्रमबाट ३१ घर परिवार लाभान्वित भएको छन् । सहभागी घरपरिवारबाट २५ प्रतिशत र वडाको ७५ प्रतिशत लागत साझेदारी रहेको छ ।

उक्त कार्यक्रम वडा प्रशासकीय प्रमुख कुमार राउतले संचालन गर्नुभएको थियो । कार्यक्रममा जनप्रतिनीधीहरु, जिल्ला मुक्ति समाजका कोषाध्यक्ष माधव दमाई सुनपा कार्यपािलका सदस्य शर्मिला बस्नेत, सुनपा १० का वडा सदस्य तारा बहादुर विष्ट, सुनपा १० का वडा सदस्य बिदुर देउजा, सुनपा ९ का वडा सदस्य राधिका मिजार र समाजसेवी रामशरण गिरी लगाएतको उपस्थिति रहेको थियो ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न