परमेश्वरको मण्डली ASEZ STAR द्वारा विद्यालय सरसफाइ | Jana Aawaj News

परमेश्वरको मण्डली ASEZ STAR द्वारा विद्यालय सरसफाइ

पढ्न लाग्ने समयः 3 मिनेट
परमेश्वरको मण्डली ASEZ STAR द्वारा विद्यालय सरसफाइ : Jana Aawaj News

रशिला थापा
काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले ललितपुरको गोदावरीस्थित चन्तल ऐकेडेमी वरिपरि सरसफाइ गरेको छ ।

परमेश्वरको मण्डली विद्यार्थी स्वयंसेवक समूह ASEZ STAR ले वातावरणलाई सफा राखेर छिमेकीहरूलाई स्वच्छताको उपहार दिन विद्यार्थीहरू एउटै मनका भएर सरसफाइमा सहभागी भएका थिए । ASEZ STAR भन्नाले ‘विद्यार्थीहरूले सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई जोगाउन अहिले नै कार्य गर्छन् (Save the Earth from A to Z, Students Take Action Right now) भन्ने अर्थ बोकेको छ ।

आज ASEZ STAR का ११० जना भन्दा धेरै विद्यार्थी सदस्यहरूको सहभागीतामा भएको कार्यक्रममा विद्यालय वरिपरि सबै ठाउँहरुमा सरसफाइ गरि फोहोरहरू संकलन गरेका थिए ।


कार्यक्रममा विद्यार्थीहरुले प्लास्टिकहरू, युज एण्ड थ्रो सामानहरू, प्लास्टिकका झोलाहरू, चुरोटका ठुटाहरू गरि १५ बोरा फोहोर संकलन गरेका थिए ।

कार्यक्रममा चन्तल मौदी ऐकेडेमीका छिमेकी सुशिला पुनले छिमेक तथा जनहितका लागि यसरी उदाहरण बनेका परमेश्वरको मण्डलीका विद्यार्थीहरूको प्रशंसा गर्दै “पहिला आफ्नो घरदेखि नै सफा गर्दै छिमेक, सार्वजनिक ठाउँमा, समाजको लागि पनि सफा गर्नुपर्छ यो हाम्रो दायित्व पनि हो” भन्नुभयो।
कार्यक्रममा क्रिचा लामाले खुशी व्यक्त गर्दै “देश, समाज र स्कुल संधै सफा गर्नुपर्छ भन्ने, एउटा राम्रो उदाहरण देखाउन पाएँ” भन्दै आगामी दिनहरूमा पनि वातावरण संरक्षणको लागि पहल गर्ने अठोट लिएको कुरा बताउनुभयो ।

यस विद्यार्थी स्वयंसेवक समूहले यसअघि गत अप्रिल महिनामा पनि ‘ललितपुर परमेश्वरको मण्डली’ वरिपरिको सडक सरसफाइ गरेको थियो, र गत वर्ष हेटौंडा उपमहानगरपालिकाको दिव्या निकेतन वृद्धाश्रमको भ्रमण गरेर ज्येष्ठ नागरिकहरूलाई भोजनको सेवा गरेको थियो ।
परमेश्वरको मण्डलीले विभिन्न तरिकाले भावी पुस्तालाई समर्थन गर्दैआएको छ । नुवाकोटको दुप्चेश्वरस्थित श्री कौकेश्वरी माध्यमिक विद्यालयमा १० थान कम्प्युटर र भक्तपुरको श्री आशापुरी आधारभूत विद्यालयमा पनि झोला, कपडा, पाठ्यसामग्रीहरू सहयोग गरेर मण्डलीले न्यानो प्रेम र प्रोत्साहन प्रदान गर्दै आएको छ । साथै २०७२ सालको महाभूकम्पको बेला सिन्धुपाल्चोकमा अवस्थित श्री प्राथमिक विद्यालय र काभ्रेस्थित श्री भवानी माध्यमिक विद्यालय पुनर्निर्माण गरी शैक्षिक सामग्रीहरू सहयोग गरेर मण्डलीले बालबालिकाहरूको मनमा आशा जगाउने कार्य गरेको छ ।

यसअघि मण्डलीले अठराईको श्री जनता आधारभूत विद्यालयमा सबै विद्यार्थीका लागि ७० थान विद्यालय पोशाक र ईटहरीको श्री सरस्वती माध्यमिक विद्यालयलाई स्कूल बसको लागि सहयोग रकम उपलब्ध गराएको थियो ।

यो वर्ष स्थापनाको ६०औँ वार्षिकोत्सव मनाइरहेको परमेश्वरको मण्डली विश्वका १७५ वटा देशका ७,५०० वटा क्षेत्रहरूमा स्थापित विश्वव्यापी मण्डली हो । मण्डलीका करीब ३७ लाख विश्वासीहरूले बाइबलमा लेखिएको पिता परमेश्वर र मातालाई परमेश्वरलाई विश्वास गर्दछन्, अनि “आफ्नो छिमेकीलाई आफ्नो शरीरलाई झैँ प्रेम गर” भन्ने शिक्षालाई कार्यान्वयन गर्दै विविध क्षेत्रमा करीब २८,००० पटक स्वयंसेवा कार्य गरेका छन् । जसको कदरस्वरूप अमेरिकी राष्ट्रपतीय अवार्ड, कोरियाका तीन सरकारबाट राष्ट्रपतीय अवार्ड, ब्राजिलियन विधायिकी पदक गरी ४,२०० वटा पुरस्कारहरू प्राप्त गरेको छ ।

+ posts
ताजा
1 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा काठमाडौंमा ६९१ औं विश्वव्यापी  रक्तदान अभियान सम्पन्न
2 जनतालाई निष्पक्षरुपमा छिटो सेवा दिन निजामति कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह
3 नेसनल प्याव्सन भक्तपुरको एकल गायनमा ईडेन प्रथम
4 रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह
ट्रेन्डिङ
1 Contact
2 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
3 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न