३ जना नेताले गर्दा १६० जनाको अधिकार हनन भयो : मेयर बालेन | Jana Aawaj News

३ जना नेताले गर्दा १६० जनाको अधिकार हनन भयो : मेयर बालेन

पढ्न लाग्ने समयः < 1 मिनेट
३ जना नेताले गर्दा १६० जनाको अधिकार हनन भयो : मेयर बालेन : Jana Aawaj News

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ३ जनानेताले गर्दा १६० जना जनप्रतिनिधिको अधिकार हनन भएको बताउनुभयो ।

आज सामाजिक सञ्जालमार्फ उहाँले नगरसभामा पारदर्शी रुपमा महानगरको नीति, योजनामाथि छलफल हुने भएकाले राजनीतिक दलको धङधङी बोकेर नआउन आग्रह गर्नुभएको हो ।‘काठमाडौँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ,’ उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नगरसभामा कोही पनि कुनै पार्टको नेता र उपनेताका रुपमा रहँदैनन् १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ ।’
उहाँले बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चाहीँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौँ महानगरपालिकाले नगर्ने बताउनुभयो ।

+ posts