३ जना नेताले गर्दा १६० जनाको अधिकार हनन भयो : मेयर बालेन | Jana Aawaj News

३ जना नेताले गर्दा १६० जनाको अधिकार हनन भयो : मेयर बालेन

पढ्न लाग्ने समयः < 1 मिनेट
३ जना नेताले गर्दा १६० जनाको अधिकार हनन भयो : मेयर बालेन : Jana Aawaj News

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ३ जनानेताले गर्दा १६० जना जनप्रतिनिधिको अधिकार हनन भएको बताउनुभयो ।

आज सामाजिक सञ्जालमार्फ उहाँले नगरसभामा पारदर्शी रुपमा महानगरको नीति, योजनामाथि छलफल हुने भएकाले राजनीतिक दलको धङधङी बोकेर नआउन आग्रह गर्नुभएको हो ।‘काठमाडौँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ,’ उनले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘नगरसभामा कोही पनि कुनै पार्टको नेता र उपनेताका रुपमा रहँदैनन् १६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ ।’
उहाँले बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिकरूपमा चाहीँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौँ महानगरपालिकाले नगर्ने बताउनुभयो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने 
2 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा भरतपुरमा ९४२ औँ रक्तदान कार्यक्रम सम्पन्न
3 प्रहरी प्रभाग दुवाकोटलाई दुई थान बेड हस्तान्तरण
4 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न