चिनियाँ प्रतिनिधिमण्डललाई भक्तपुरमा स्वागत | Jana Aawaj News

चिनियाँ प्रतिनिधिमण्डललाई भक्तपुरमा स्वागत

पढ्न लाग्ने समयः < 1 मिनेट
चिनियाँ प्रतिनिधिमण्डललाई भक्तपुरमा स्वागत : Jana Aawaj News

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चिनियाँ जनराजनैतिक
परामर्श सम्मेलन, राष्ट्रिय समितिका उपाध्यक्ष पाथ अरको नेतृत्वमा आउनुभएको प्रतिनिधिमण्डल टोलीलाई भक्तपुर दरबार क्षेत्र प्रवेशद्वारमा खादा, भादगाउँदले टोपी र पुष्पगुच्छाले स्वागत गर्नुभयो ।

टोलीलाई स्वागत गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरको कला संस्कृति संरक्षणमा भक्तपुर नपाले विशेष जोड दिँदै आएको बताउनुभयो । भ्रमणका क्रममा उपाध्यक्ष पाथ अरले भक्तपुरले गरेको न्यानो स्वागतको लागि धन्यवादज्ञापन गर्दै भक्तपुर कला र संस्कृतिमा निकै समृद्ध नगर भएको बताउनुभयो । उहाँले जीवन्त नगरको अवलोकन भ्रमण गर्न पाउँदा निकै गौरवको अनुभूति भएको बताउँदै चीन–नेपालबीचको मित्रता अमर रहने विश्वास व्यक्त गर्नुभयो । चिनियाँ प्रतिनिधिमण्डल टोलीले भक्तपुरको स्थानीय उत्पादन र मृतिका कलाबारे चासो व्यक्त गरेका थिए ।
टोलीले भक्तपुरको ऐतिहासिक र सांस्कृतिक सम्पदाहरु दरबार क्षेत्र,
पोटरी स्क्वायर, टौमढी हुँदै फसिः देगको अभिरुचिपूर्वक अवलोकन गर्नुभएको थियो । सोही क्रममा दुवै पक्षबीच मायाको चिनो आदानप्रदान भएको थियो ।

उक्त कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, कार्यपालिका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो भने चिनियाँ जनराजनैतिक परामर्श सम्मेलन, राष्ट्रिय समितिका सदस्यहरु छि चाल, एवई च्यून, वन सु काड्ड, यान च्यूए, वाङ चोड्डयी, लीन मियाओ लगायतको उपस्थिति रहेको थियो ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न