सरोज के लामाको शब्द संगीत र स्वरमा  ‘साझँ पर्नु अघी’ सार्वजनिक | Jana Aawaj News

सरोज के लामाको शब्द संगीत र स्वरमा  ‘साझँ पर्नु अघी’ सार्वजनिक

पढ्न लाग्ने समयः < 1 मिनेट
सरोज के लामाको शब्द संगीत र स्वरमा  ‘साझँ पर्नु अघी’ सार्वजनिक : Jana Aawaj News
काठमाण्डौं । १४ बर्ष अगाडि लाखौ कोसिश गर्दा पनि तिमीलाई भुल्न गार्हो भो  गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको ‘साझँ पर्नु अघी ’गीतको भिडियो सार्वजनिक भएको छ । यथार्थ कथामा निर्माण भएको गीती भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ ।
एक सफल संगीतकार मात्र नभई एक सफल गीत रेकर्डिङ्ग स्टुडियो संचालक समेत हुन । साथी भेटन गएकी प्रेमी आफुलाई गुधुली साँझ हुदाँ पनी नआएको अवस्थालाई गीतलाई चित्रण गरिएको छ । आफनो प्रेमीकाले अर्काको अगालोमा बेरिदाको विरही भावहरुलाई गीतमा चित्रण गरिएको छ । आफनो माया लाई सुन्दर ठाउँ पुयाउनको लागी अग्रसर भएको अवस्थामा छोडेर प्रेमीका जादाँ आफुलाई अफटयारो महसुस भएको कुरा गीतमा गरिएको छ ।

सरोजराज गिरीको छायाँकन, रोशन धितालको सम्पादन तथा सरोज के लामाको निर्देशनमा भिडियो तयार गरिएको छ ।’साझँ पर्नु अघी ’ राम स्यानताङ, पूर्णिमा मगर, विजय लामाको फिचरिङमा रहेको छ । गीतको भिडियो तथा अडियो पक्ष अब्बल भएको कारणले पनी आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायक सरोज के लामाले बताए ।

’साझँ पर्नु अघी ’गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न