राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बजेट काटिएपछि थापाले खेलकुद मन्त्री श्रेष्ठलाई बुझाए ज्ञापन पत्र | Jana Aawaj News

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बजेट काटिएपछि थापाले खेलकुद मन्त्री श्रेष्ठलाई बुझाए ज्ञापन पत्र

पढ्न लाग्ने समयः 2 मिनेट
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बजेट काटिएपछि थापाले खेलकुद मन्त्री श्रेष्ठलाई बुझाए ज्ञापन पत्र : Jana Aawaj News

भक्तपुर । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बजेट काटिएपछि जिल्ला खेलकुद बिकास समिति भक्तपुरका निवर्तमान अध्यक्ष दिपक थापाको नेतृत्वमा गएको खेलाडीसहितको टोलीले युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ ।
मन्त्री श्रेष्ठले उहाँले पालिका स्तरमा उक्त प्रतियोगिता नरोकिनुका साथै बजेट अभावकै कारण राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नरोकिने जानकारी दिनुभएको छ ।


स्थानीय तहबाटै राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रत्येक वर्ष हुदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बजेट कटौती भएको विषयमा गम्भिर चासो राख्दै थापाको टोलीले देशभर प्रतियोगिता सूचारुको माग गर्दै आज मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।
मन्त्री श्रेष्ठले भन्नुभयो, “राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रोक्नु हुदैन, बजेट अभावमा रोकिनु पनि हुदैन् । यो प्रतियोगिता प्रत्येक पालिकाले हरेक वर्ष आफ्नै बजेटमा गर्नु पर्ने गरि कानून संशोधनको पहल गरिरहेको छु, यो प्रतियोगिता रोकिदैन् ।”
उहाँले हालै बंगलादेशमा सम्पन्न अन्डर‐१९ अन्र्तराष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा सहभागि भई देशलाई पदक दिलाउन सफल खेलाडीहरुलाई बधाई दिदै आगामी दिनमा देशको नाम उच्च राख्न अभिप्ररित समेत गर्नुभयो । सरकारले यसअघि हरेक वर्ष पालिकाहरुलाई नगद रु. एक लाख रुपैया बजेट पठाएर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दै आएकोमा यसवर्ष उक्त बजेट काटिएकाले मन्त्रीलाई ज्ञापन पत्र बुझाएको समितिका निवर्तमान् अध्यक्ष थापाले बताउनुभयो ।

निवर्तमान अध्यक्ष थापाले भन्नुभयो, “हामी मात्रै होइनौ, यतिखेर सम्पूर्ण खेलप्रेमीहरु चिन्तामा हुनुहुन्छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बजेट काटिएपछि पालिकास्तरबाट खेलतर्फ अगाडि बढेका खेलाडीको उन्नयन नै रोकिने भयो, देशका गहनाका रुपमा रहेका खेलाडी उत्पादन रोकिए पनि राज्यलाईनै नोक्सान हो, त्यसैले राज्यले पालिकालाई बजेट पठाएर वा बैकल्पिक ब्यबस्था गरेर भएपनि प्रतियोगिता रोकिनु हुदैन भन्ने हाम्रो माग हो ।” मन्त्रीसंगको भेटपछि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सूचारु हुनेमा आफूहरु विश्वस्त रहेको र सरकारले यो विषयलाई गम्भिर रुपमा लिईदिन थापाले आग्रह कमेत गर्नुभएको थियो ।

+ posts

 

 

ताजा
1 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
2 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
3 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
4 राेपाईंकाे सुरूवातसँगै २१३ औं  भानु जयन्तीकाे पूर्वसन्ध्यामा ३५ जना स्रष्टाहरूले गरे शव्दराेपाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न