७३ औं नेपाल स्काउट स्थापना दिवसको अवसरमा स्थानीय स्काउट कार्यलय सूर्यविनायकद्वारा वक्तृत्वकला प्रतियोगिता-२०८१ सम्पन्न | Jana Aawaj News

७३ औं नेपाल स्काउट स्थापना दिवसको अवसरमा स्थानीय स्काउट कार्यलय सूर्यविनायकद्वारा वक्तृत्वकला प्रतियोगिता-२०८१ सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
७३ औं नेपाल स्काउट स्थापना दिवसको अवसरमा स्थानीय स्काउट कार्यलय सूर्यविनायकद्वारा वक्तृत्वकला प्रतियोगिता-२०८१ सम्पन्न : Jana Aawaj News

नारायण थापा
भक्तपुर । ७३ औं नेपाल स्काउट स्थापना दिवसको अवसरमा मंगलबार स्थानीय स्काउट कार्यालय सूर्यविनायक नगरपालिकाद्वारा आयोजित माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता-सम्पन्न भएको छ ।

उक्त कार्यक्रमको उद्घाटन समारोहमा सुर्यविनायक नगरपालिकाका उपमेयर सरिता भट्टराईले स्काउटको ड्रेस नै महत्वपुर्ण होइन विद्यालयमा गरिने कार्यक्रम स्काउट शिक्षालाई निरन्तरता दिइरहँदा स्कार्फको व्यवस्था नगरपालिकाले गर्ने र पोशाकको बारेमा पनि नगरपालिकाले छलफल गर्ने प्रतिवद्धता जनाउनुभयो । नगरपालिकाले स्थानिय स्काउटलाई व्यवस्थित तरिकाले अघि बढाउन पहल गर्ने समेत बताउनुभयो ।

कार्यक्रममको समापन समारोहमा “स्काउट शिक्षा आजको आधारभुत आवश्यकता” भन्ने शिर्षकद्धारा आयोजना गरिएको उक्त कार्यक्रममा सुर्यविनायक नगरपालिकाका नगर प्रवक्ता वडा नं. ७ का वडा अध्यक्ष सामाजिक विकास समिति संयोजक रविन्द्र सापकोटाले ७३ औं नेपाल स्काउट स्थापना दिवसको अवसरमा शुभकामना दिनुहुँदै माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता निरन्तर गर्दै जानुपर्नेमा जोड दिनुभएको थियो ।
साथै ७३ वर्ष अगाडि स्थापना भएर विभिन्न गतिविधि गर्दै असल नागरिक बनाउन जुन प्रयास स्काउटले गरेको छ, यो राम्रो पक्ष भएको बताउनुभयो । अहिले सुर्यविनायक नगरपालिकाले सबै विद्यालहरुमा स्काउटलाई व्यवस्थित रुपमा लानका लागि निति कार्यक्रम र बजेटको समेत व्यवस्थापन गरिएको जानकारी दिनुभयो । उक्त कार्यक्रममा सुर्यविनायक नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतको पनि उपस्थिति रहेको थियो ।

आयोजित माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा करिब ४० वटा विद्यालय मध्य १४ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । जसअन्र्तगत प्रथम मोर्डन बोर्डिङ स्कुल, द्धितिय महेन्द्र शान्ति माध्यामिक विद्यालय, तृतिया नोबेल एकेडमी र सात्वना पुरस्कार गणेश माध्यामिक विद्यालयले प्राप्त गरेको सुर्यविनायक नगरपालिका स्थानीय स्काउट प्रमुख आयुक्त कृष्मा थोकरले जानकारी दिनुभयो । साथै विद्यार्थी भाइबहिनीहरुको बोल्ने क्षमताको विकास गर्नका लागि उक्त कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न