सूर्यविनायकमा हिलसाइड बिन्स बारिस्टा कफी स्कूल सञ्चालनमा | Jana Aawaj News

सूर्यविनायकमा हिलसाइड बिन्स बारिस्टा कफी स्कूल सञ्चालनमा

पढ्न लाग्ने समयः 2 मिनेट
सूर्यविनायकमा हिलसाइड बिन्स बारिस्टा कफी स्कूल सञ्चालनमा : Jana Aawaj News

सिर्जना खतिवडा
भक्तपुर । अहिले युवाहरु विदेश पलायन हुने दौड बढ्दो छ । नेपाल सरकारले आफ्नो देशमा रोजगारी दिन नसक्दा युवा, विद्यार्थीहरु आफ्नो भविष्य बनाउन विदेश जाने क्रम एउटा नेपालीहरुको लागि संस्कार स्वरुप देखिन थालेको छ । विदेश होइन सीप भए नेपालमा नै केही गर्न सकिन्छ भन्ने उद्देश्य र विश्वासका साथ ३ जना युवा मिलेरसञ्चालनमा ल्याएका छन् । आफू २ वर्ष लन्डन बसेर आफ्नै देशमा केही गर्छु भनेर फर्केर केही वर्षको अध्ययन र साथसहयोगमा हिलसाइड बिन्स बारिस्टा कफी स्कूल सञ्चालनमा ल्याएको यस स्कूलका संचालक बिजय लामिछाने बताउनुहुन्छ ।


आफू लन्डनमा हुँदा त्यहाँको सीप संस्कारलाई एउटा अध्ययनको रुपमा हेर्ने हो भने नेपालमा नि थुप्रै पूर्खाैली सीप र व्यवसायहरु छन् त्यसलाई एउटा नयाँ शैलीमा प्रस्तुत गरेर व्यवसाय गर्ने हो भने असफल हुने छैन उहाँले आफ्नो जिज्ञासा व्यक्त गर्नुभयो । हाल जति पनि विदेशिएका विद्यार्थी एवं युवायुवतीहरु छन् उनीहरुले पछि नेपालमा नै केही गर्छु भनेर फर्किदाँ यहाँ थुप्रै अवसरहरुको ठाउँ छ यो कुरा प्राय नेपाली युवावर्गहरुले बुझ्ने हो भने विदेश पलायन हुनु पर्ने जरुरत नै छैन उहाँ बताउनुहुन्छ ।


त्यस्तै बारिस्टाका संचालक एवं प्रशिक्षक सरोज ढकालले आफू प्रशिक्षक भइरहँदा जति पनि विद्यार्थीहरुले बारिस्टा सिक्छन् उनीहरुको सोच नै बाहिर जाने रहेको छ र त्यही सोचलाई परिवर्तन गर्न यस बारिस्टा स्कूलले बारिस्टा तालिमसँगसँगै यही नेपालमा पनि रोजगारी अवसरहरु प्राप्त गर्न पनि मद्दत गर्ने बताउनुभयो । त्यसैगरी यस बारिस्टा स्कूलका अर्का संचालक उमेश बस्नेतले धेरै लागतमा होइन कि थोरै लागतमा पनि युवाहरु मिलेर आफ्नो व्यवसाय शुरु गर्न सक्ने बताउनुभयो ।


विदेशिने पैसाले नेपालमै केही गर्न सक्यो भने आफ्नो परिवार साथीभाईको साथसहयोग सदैव रह्यो भने विदेशमा कमाउने पैसा भन्दा नेपालमा नै एउटा असल उद्यमी हुन सकिने उहाँ बताउनुहुन्छ । करिब ३५ लाखको लागतमा सञ्चालनमा आएको यस स्कूलको मुख्य उद्देश्य सरल र सुपथ मूल्यमा सीप सिकाउनु रहेको छ ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न