चाँगुनारायण वडा नम्बर ४ मा खेल मैदान बनाउन २ करोड बजेट | Jana Aawaj News

चाँगुनारायण वडा नम्बर ४ मा खेल मैदान बनाउन २ करोड बजेट

पढ्न लाग्ने समयः < 1 मिनेट
चाँगुनारायण वडा नम्बर ४ मा खेल मैदान बनाउन २ करोड बजेट : Jana Aawaj News

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि २ अर्व ८ करोड १८ लाख ९३ हजार ५ सय बजेट बिनियोजन गरेको छ ।

सोमबार १५ औं नगरसभाको अधिबेशन समारोहमा नगर उपप्रमुख रमेश बुढाथोकीले बजेट प्रस्तुत गर्नुभएको हो । उपप्रमुख बुढाथोकीले नगरपालिकाको वडा नम्बर ४ मा चाँगुनारायण खेल मैदान निर्माणको लागि रु. २ करोड बजेट विनियोजन गरिएको बताउनुभयो ।

त्यसैगरी उपमेयर उद्यम शिलता कार्यक्रमलाई समेत २ करोड रुपैया विनियोजन गरिएको उपप्रमुख बुढाथोकीले जानकारी दिनुभयो ।

उक्त समारोहमा नगरप्रमुख जीवन खत्री, प्रमुख प्रशासकिय अधिकृत शिव प्रसाद हुमागाई, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न