चाँगुनारायण नगरपालिकाको बजेट २ अर्ब ८ करोड | Jana Aawaj News

चाँगुनारायण नगरपालिकाको बजेट २ अर्ब ८ करोड

(भिडियो सहित)

पढ्न लाग्ने समयः 3 मिनेट
चाँगुनारायण नगरपालिकाको बजेट २ अर्ब ८ करोड : Jana Aawaj News

भक्तपुर । चाँगुनारायण नगरपालिकामा नगरप्रमुख जीवन खत्रीको अध्यक्षतामा बसेको १५ औं अधिवेशनमा उपप्रमुख रमेश बुढाथोकीले सोमबार बजेट सार्वजनिक गर्नुभएको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बुढाथोकील २ अर्ब ८ करोड १८ लाख ९३ हजार ५ सय रुपैयाँको अनुमानित बजेट सार्वजनिक गर्नुभएको छ ।

नगरपालिकाले कुल बजेटको ५३.८१ प्रतिशत अर्थात् १ अर्ब १२ करोड १ लाख ८० हजार रुपैयाँ पूँजीगत खर्च शीर्षकमा विनियोजन गरेको छ । त्यस्तै, चालू खर्चका लागि ९६ करोड १७ लाख १३ हजार ५ सय रुपैयाँ विनियोजन गरिएको छ । जुन नगरपालिकाको कुल विनियोजित बजेटको ४६.१९ प्रतिशत हो ।

आगामी आर्थिक वर्षमा नगरपालिकाले सिफारिस दस्तूर, व्यवसाय रजिष्ट्रेशन शूल्क, पानी ठेक्का, घर–नक्सा पास दस्तूर लगायतका शिर्षकबाट ३२ करोड ५५ लाख २० हजार रुपैयाँ बराबर आन्तरिक आय हुने अनुमान गरेको छ । संघिय सरकारको विभिन्न शिर्षकबाट ७६ करोड ९६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरेको नगरपालिकाको रहेको छ । यसैगरी प्रदेशबाट विभिन्न शिर्षकमा ७ करोड ७४ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको उपप्रमुख बुढाथोकीले बताउनुभयो । यस्तै सवारी साधनको राजस्व बाँडफाँटबाट ८ करोड १३ लाख ३४ हजार रुपैयाँ र घर–जग्गा रजिष्ट्रेशनबाट ६० करोड रुपैयाँ गरी कूल जम्मा ६८ करोड १३ लाख ३४ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

यसैगरी नगरपालिका संचित कोषमा मौज्दात रकम २१ करोड ४४ लाख ९२ हजार २ सय रुपैयाँ रहेको उपप्रमुख बुढाथोकीले जानकारी दिए । आगामी आर्थिक वर्षका लागि नगरले आर्थिक विकास क्षेत्र तर्फ ११ करोड ५० लाख १५ हजार रुपैयाँ, सामाजिक विकास क्षेत्र तर्फ ७३ करोड ५५ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, खानेपानी तथा सरसफाइ तर्फ १० करोड ९८ लाख १० हजार विनियोजन गरिएको बुढाथोकीले बताउनुभयो ।

यस्तै पूर्वाधार विकास क्षेत्र तर्फ ८८ करोड ८५ लाख ५० हजार मात्र विनियोजन गरिएको छ । जसमध्ये यातायात पूर्वाधार तर्फ ६६ करोड ११ लाख , भवन आवास तथा सहरी विकास तर्फ ७ करोड ४१ लाख , सम्पदा पूर्वाधार तर्फ ६ करोड ७५ लाख र उर्जा क्षेत्र तर्फ २ करोड ८८ लाख विनियोजन गरिएको समेत बुढाथोकीले दिनुभयो ।

+ posts
ताजा
1 नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छ : प्रधानमन्त्री ओली
2 मालपोत भक्तपुरका प्रमुख २४ लाख घुस सहित पक्राउ
3 मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री ओली
4 स्वास्थ्यमन्त्री किरण थापाद्वारा कटुञ्जेको घट्टेखोला खाेला अनुगमन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न