भक्तपुर । मध्यपुर थिमी नगरपालिकाको १० औं अधिवेशनको बैठकमा उपप्रमुख विजय कृष्ण श्रेष्ठले मध्यपुर थिमी नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ ।
आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३ अर्ब २२ करोड ७० लाख ७५ सय रुपैयाँ बराबरको बजेट ल्याएको जानकारी दिनुभयो ।
नगरपालिकाको कुल बजेटमध्ये पुँजीगत खर्चका लागि ९८ करोड ३७ लाख ३५ हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले बताउनुभयो ।
पुँजीगत खर्चका लागि नगरपालिकाले विनियोजन गरेको रकम कुल बजेटको ५८.१८ प्रतिशत हो । यसैगरी, आगामी आ.वमा चालू खर्चका लागि नगरपालिकाले कुल बजेटको ४१.८२ प्रतिशत अर्थात ७० करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा आन्तरिक आयबाट ६१ करोड ५३ लाख रुपैयाँ आम्दानी गरिने अनुमान गरेको छ । संघीय सरकारको राजस्व बाँडफाँडबाट ३५ करोड ८८ लाख रुपैयाँ र अन्तरसरकारी वित्त हस्तान्तरणमार्फत् ६० करोड १ लाख रुपैयाँ प्राप्त हुने नगरपालिकाको अनुमान छ । त्यस्तै, बागमती प्रदेश सरकारबाट प्राप्त हुने १० करोड ६६ लाख रुपैयाँ र लागत सहभागीता १ करोड सहित १ अर्ब ६९ करोड रुपैयाँ आम्दानी हुने नगरपालिकाको अनुमान छ ।
नगरपाकिकाले आगामी आर्थिक वर्षमा कमेरोटार जग्गा एकीकरण आयोजनाका लागि ५७ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, सिन्टिटार जग्गा एकीकरण आयोजनाका लागि २१ करोड २४ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका लागि ५३ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
नगरपालिकाले सामाजिक सुरक्षा भत्ताका लागि २२ करोड रुपैयाँ विनियोजन गरेको छ । साथै, सडक बोर्डको ७० लाख रुपैयाँ सहित १ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको श्रेष्ठले बताए । साथै, नगरपालिकाको सञ्चित कोषबाट बेहोर्ने गरि १ अर्ब ६९ करोड ९ लाख रुपैयाँ आयोजनाहरु, अस्पताल, सडक बोर्ड, सामाजिक सुरक्षा भत्तासहित कुल ३ अर्ब २२ करोड रुपैयाँ विनियोजन गरिएको मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले बताउनुभयो ।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news