मुद्रण उद्योग सङ्घको अध्यक्षमा याकामी | Jana Aawaj News

मुद्रण उद्योग सङ्घको अध्यक्षमा याकामी

पढ्न लाग्ने समयः < 1 मिनेट
मुद्रण उद्योग सङ्घको अध्यक्षमा याकामी : Jana Aawaj News

भक्तपुर । मुद्रण उद्योग सङ्घको अध्यक्षमा विधान याकामी निर्वाचित हुनुभएको छ । भक्तपुरलाई कार्यक्षेत्र बनाएका मुद्रण व्यवसायीहरूको छाता संघठन भक्तपुर मुद्रण उद्योग सङ्घको अध्यक्षमा विधान या कामी निर्विरोध निर्वाचित हुनुभएको हो ।
यस्तै उपाध्यक्षमा लक्ष्मी भक्त श्रेष्ठ, सचिवमा निकेश वैद्य सह सचिव बलराम प्रजापति , कोषाध्यक्षमा शिरीष सुवाल, सदस्यहरूमा राधेश्याम प्रजापति , रञ्जन प्रधान, नवीन फोजु र हरे राम श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको हो ।
भक्तपुरमा सम्पन्न ७ औँ तथा आठौँ साधारण सभा तथा ५ औँ अधिवेशनबाट याकामीको नेतृत्वमा ९ सदस्य नयाँ कार्यसमिति चयन भएको हो ।
भक्तपुरमा मुद्रण व्यवसायमा भएका समस्या समाधान गर्दै एक अर्कामा हातेमालो गर्न मुद्रण उद्योग सङ्घको परिकल्पना भएको कोषाध्यक्ष शिरीष सुवालले जानकारी दिनुभयो ।
साधारण सभा तथा अधिवेशनमा नेपाल मुद्रण उद्योग महासङ्घका अध्यक्ष विष्णु तिवारीको प्रमुख आतिथ्ययतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल मुद्रण उद्योग महासङ्घका वरिष्ठ अध्यक्ष गोपाल ढकाल, नेपाल मुद्रण उद्योग महासङ्घका प्रथम उपाध्यक्ष राजकुमार घिमिरे, भक्तपुर उद्योग वाणिज्य सङ्घकी अध्यक्ष रोशनी मैया द्यौवन्जार, काठमाडौँ मुद्रण उद्योग सङ्घका अध्यक्ष धननारायण श्रेष्ठ, ललितपुर मुद्रण उद्योग सङ्घका अध्यक्ष विष्णु हरी महर्जन, काभ्रे मुद्रण उद्योग सङ्घका अध्यक्ष खडकवहादुर राउत, काठमाडौँ मुद्रण उद्योग महासङ्घका पूर्व अध्यक्ष माधव केसी लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सभापतित्व विश्वराम दुवालले गर्नुभएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न