भक्तपुरको दधिकोटमा भएको २ करोड लुटपाटमा संलग्न ४ जना पक्राउ | Jana Aawaj News

भक्तपुरको दधिकोटमा भएको २ करोड लुटपाटमा संलग्न ४ जना पक्राउ

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरको दधिकोटमा भएको २ करोड लुटपाटमा संलग्न ४ जना पक्राउ : Jana Aawaj News

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भीम तामाङ, सुजन रसाइली, मुनाराज राई, कृष्णबहादुर बोहरा रहेका छन् । लुटपाटका मुख्य योजनाकार भनिएका व्यक्ति कुलबहादुर खत्री भने फरार फरार रहेको बताइएको छ । दधिकोटका डिल्ली राउतको घरमा असार ४ गते लुटपाट भएको थिया भने, मुख्य योजनाकार डिल्ली राउतका मामा भएको खुलेको छ ।

लुटपाटमा प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्जमा कार्यरत रहेको छन् । लुटपाटमा संलग्न एक जना भने फरार रहेको बताइएको छ ।

पक्राउ परेकाहरूले असार ४ गते सो रकम लुटपाट गरेको उजुरीपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रहरीका अनुसार अभियुक्तहरु आफूहरु सीआईबी भएको भन्दै राउतको घरभित्र प्रवेश गरेको बताइएको छ । त्यसपछि घरका सदस्यहरुलाई डरत्रास देखाउँदै उनीहरुले दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेका हुन् ।

प्रहरीले आज पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न