भारतले अक्टोबरबाट कोरोना खोप निर्यातमा प्रतिबन्ध हटाउँदै | Jana Aawaj News

भारतले अक्टोबरबाट कोरोना खोप निर्यातमा प्रतिबन्ध हटाउँदै

कोरोना खोप निर्यात पुन शुरु हुन्छ ˸ स्वास्थ्यमन्त्री मन्सुख मन्दाभिया

पढ्न लाग्ने समयः < 1 मिनेट
भारतले अक्टोबरबाट कोरोना खोप निर्यातमा प्रतिबन्ध हटाउँदै : Jana Aawaj News

काठमाडौं । भारतले अक्टोबरबाट कोरोना खोप निर्यात पुनः शुरु गर्ने भएको छ । भारतका स्वास्थ्यमन्त्री मन्सुख मन्दाभियाले सोमबार घोषणा गर्दै अव पुन कोरोनाको खोप निर्यात हुने बताउनुभएको हो ।
मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी क्वाडको बैठकमा भाग लिन अमेरिका पुग्नुअघि भारतीय स्वास्थ्यमन्त्रीले यस्तो घोषणा गरेका थिए । अधिकारीहरुका अनुसार उक्त बैठकमा खोप निर्यातको विषयमा पनि छलफल हुने बताइएको छ । मन्दाभियाले भारतमा अक्टोबर महिनामा ३० करोड डोजभन्दा धेरै कोरोना खोप उत्पादन हुने बताएका थिए ।
भारतले २०२१ को अन्तिमसम्ममा आफ्ना सबै वयस्क नागरिकलाई कोरोना खोप लगाउने लक्ष्य अनुरुप अहिलेसम्म ८० करोड ८० लाख डोज खोप आफ्ना नागरिकलाई दिएको छ । गत शुक्रबार एकैदिन भारतमा दुई करोड डोज कोरोना खोप लगाइएको छ । अहिलेसम्म भारतका समग्र वयस्क नागरिकमध्ये २१ प्रतिशतले मात्र पूरा डोज कोरोना खोप लगाएको बताइएको छ ।
भारतले कोरोना खोप निर्यातमा रोक लगाउनुभन्दा पहिला उसले ६ करोड डोजभन्दा धेरै खोप निर्यात गरेको थियो । त्यसैले अप्रिलमा भारतको आन्तरिक माग उच्च रहेको भन्दै कोरोना खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो । एजेन्सीको सहयोगमा

 

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न