जननेता मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा वक्तृत्वकला प्रतियोगिता सप्पन्न  | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

जननेता मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा वक्तृत्वकला प्रतियोगिता सप्पन्न 

पढ्न लाग्ने समयः 2 मिनेट
जननेता मदन भण्डारीको ७३ औं जन्मजयन्तीको अवसरमा वक्तृत्वकला प्रतियोगिता सप्पन्न  : Jana Aawaj News

भक्तपुर । जननेता मदन भण्डारीको ७३ औँ जन्मजयन्तीको अवसरमा नेकपा एमाले सूर्यविनायक नगर कमिटको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सप्पन्न भएको छ ।

मदन भन्डारीको ७३ औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइदै गर्दा नेकपा एमाले सूर्यविनायक नगर कमिटीले आइतबार नेपालको राजनीतिक परिवर्तनमा मदन भण्डारीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगितामा महेन्द्र शान्ति माविकी छात्रा नितिशा भट्टराई प्रथम हुन सफल भएकी छिन् ।

प्रतियोगितामा गणेश माविकि रेजिना शाही दोस्रो स्थान हासील गर्न सफल भइन ।

यसैगरी मेरीगोल्ड बोर्डीङ्ग स्कूलकी इशाना सिटौला तेस्रो हुन सफल भइन भने, मोर्डन स्कुलकी समिरन शर्मा र अरनिको माविकी अभियान घिमिरेले सान्तवना स्थान हासिल गर्न सफल भएका थिए ।

स्पष्ट तथा प्रखर वक्ता समेत रहेका जननेता मदन भण्डारीको पहिलो पहिचान नै वक्तृत्व रहेकाले विद्यार्थीहरुलाई वाक कलाप्रति जागरुक बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेकपा एमाले सूर्यविनायक नगर कमिटिका अध्यक्ष रविन्द्र साप्कोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा मदन भण्डारीका भाषणहरु प्रत्यक्ष सुन्न नपाएता पनि उहाँको गर्विलो इतिहासबारे जानकारी पाउँदा वर्तमान राजनीतिमा इमान्दारीताको खडेरी परेको प्रतियोगी वक्ताहरुले बताउनुभयको थियो । नयाँ पिडिहरुले मदन भण्डारीबाट राजनीतिक नैतिकता र जागरुकता सिक्नुपर्नेमा उहाँहरुले जोड दिनुभयो ।

वक्ताहरुले कार्यक्रममा प्रविधिको प्रयोग बढ्दै जाँदा वक्ता र स्रोताहरुको जमघट हुने अवसरहरु घट्दै गएको बेला यो प्रतियोगिता आयोजना गरिनु सकारात्मक भएको बताउनुभएको थियो । प्रतियोगितामा कुल २४ विद्यालयका विद्यार्थी वक्ताहरुले सहभागिता जनाउनुभएको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
2 एसईईमा उत्कृष्ट नतिजा ल्याउने गोल्डेन सुनगाभा स्कुल सम्मानित
3 चाँगुनारायण नगरपालिकाद्वारा एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने १३ विद्यालय सम्मानित
4 अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगितामा सिद्धार्थ विद्यापीठकी आरोही बल्लले हासिल गरिन् दोस्रो स्थान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x