अन्तर्राष्ट्रिय वीलभयु फाउन्डेसनद्धारा चन्द्रागिरी पार्कमा सरसफाई (फोटो फिचर) | Jana Aawaj News

अन्तर्राष्ट्रिय वीलभयु फाउन्डेसनद्धारा चन्द्रागिरी पार्कमा सरसफाई (फोटो फिचर)

पढ्न लाग्ने समयः 4 मिनेट
अन्तर्राष्ट्रिय वीलभयु फाउन्डेसनद्धारा चन्द्रागिरी पार्कमा सरसफाई (फोटो फिचर) : Jana Aawaj News

नारायण थापा
काठमाडौं । अन्तर्राष्ट्रिय वीलभयु फाउन्डेसनले आइतबार आमाको प्रेम सारा संसारमा वातावरण संरक्षण तथा पारिस्थितिक प्रणाली पुर्नस्थापनाको लागि ‘आमाको बैगौँचा प्रोजेक्ट’ अन्र्तगत चन्द्रागिरी टिकटक पार्कमा मर्मत-सम्भार तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।


चन्द्रागिरीमा रहेको उक्त पार्कमा खानेपानी व्यवस्थापन तथा क्षेत्र सरसफाइ स्वदेश तथा विदेशमा विश्व वातावरणलाई दिगो पार्न प्रयत्नरत अन्तर्राष्ट्रिय विलभयु फाउन्डेसनकी अध्यक्ष जाङ गिलजाको नेतृत्वमा यस परियोजनाले वृक्षारोपणद्वारा, भूमण्डलीय उष्मीकरणको मुख्य कारक रहेको हरितगृह ग्याँसहरूलाई न्यूनीकरण गर्ने विलभयुको वातावरण संरक्षण सम्बन्धि गतिविधि हो ।


२ वर्षअघि चन्द्रागिरी वडा नं. ६ स्थित टिकटक सेल्फी पार्कमा करीब २०० वटा बिरुवा रोपेर ‘मम्स गार्डेन’ को शुरुवात गरिएको थियो ।
कार्यक्रममा विलभयु फाउन्डेसन नेपालका अध्यक्ष किशोर साम्सोहाङले भन्नुभयो, ‘‘कार्बन डाइअक्साइडको सोसनलाई बढाउनको लागि दिगो हरियाली क्षेत्रहरू सृजना गर्नु महत्वपूर्ण छ । वृक्षारोपण गर्न मात्र होइन तर वृक्षारोपणपछि पनि ती बोटबिरुवाहरूलाई तनमनले रेखदेख गरेर हुर्काउनमा हामी सबै जना एकजुट भएका छौं ।’’

२०० जना विलभयुका सदस्यहरूले मम्स गार्डेनमा रहेका रूख बिरुवालाई निषेचन र काटछाँट गरे, झारपात बटुले, र पार्कभित्रको १ किलोमिटर क्षेत्रमा सबै फोहोरहरू सङ्कलन गरेका थिए । पार्कमा विद्यार्थीहरू लगायत स्थानीयबासीहरू धेरै जना डुल्न आउने भएकाले जताततै पm्याँकिएका फोहोरहरू धेरै थिए । बिहान सबेरै ७ बजेदेखि सुरु गरिएको गतिविधि २ घण्टासम्म जारी रहेको थियो । विलभयुले रेखदेख गरेको मम्स गार्डेन झनझन हराभरा हुँदैगएको छ, र वरपरको क्षेत्र पनि सफा भएको छ । वातावरण सरसफाइद्वारा सङ्कलित प्लास्टिक र डिस्पोजेबल सामान, पोलिथिन आदि विभिन्न किसिमका फोहोर १ टन भएकोले भएको थियोे ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सन्जय सिग्देलले वातावरणलाई जोगाएमा मात्र हाम्रो जीवन जोगिने भएकोले यो ठाँउलाई सफा सुग्गर गर्नुपर्ने बताउनुभयो । यस्तो खालको सामासजकम कार्य निरन्तर गरिरहनुउर्छ । हाम्रो जिम्मेवार के हो ? र त्यो जिम्मेवारीलाई हामीले पुरा गर्नुभर्ने बताउनुभयो ।

यसैगरी चन्द्रागिरी पार्कका अध्यक्ष विनय सिग्देलले २ वर्ष अगाडि यहि ठाँउमा वृक्षारोपण गर्नुभई आज फेरी यो ठाँउमा भएको फोहोर सरसफाई लागि आउनुभएको छ, वास्तवमा यो प्रशंसनिय कार्य भएको बताउनुभयो । साथै यस्ता खालका गतिविधिलाई निरन्तरता दिन साथ सहयोग दिनुहुने अन्तर्राष्ट्रिय विलभयु फाउन्डेसनकी अध्यक्ष जाङ गिलजालाई समेत विशेस धन्यवाद दिनुभयो ।

यस्तै चन्द्रागिरी टिकटक पार्कका समिति सदस्य राम प्रसाद सुवेदीले फाउन्डेसन विगत २ वर्षदेखि यो ठाँउको विकास र प्रर्वद्धनका लागि निरन्तर कार्य गर्दै आउनुभएको छ । आज पनि यो ठाँउको सरसफाई र वृक्षारोपणका लागि आउनुभएकोमा धन्यवाद दिदैं सरसफाई, वृक्षारोपण र जनचेतना मुलक कार्यक्रमलाई लामो समयदेखि निरन्तरता दिएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा स्थानीय छत्र चोङब्याङले फाउन्डेसनले लामो समयदेखि वातावरण सरसफाईसँग जोडिएर कार्य गर्दै आएको छ । वातावरणलाई स्वच्छ सफा राख्न हामी सबैको दायित्व हो, त्यसैले आज यो पार्कमा वृक्षारोपण र सरसफाई कार्य उत्कृष्ट भएको बताउनुभयो ।

 

+ posts