एमाले अध्यक्ष ओलि चौथो पटक प्रधानमन्त्री  | Jana Aawaj News

एमाले अध्यक्ष ओलि चौथो पटक प्रधानमन्त्री 

शपथ ग्रहण सोमबार ११ बजे

पढ्न लाग्ने समयः < 1 मिनेट
एमाले अध्यक्ष ओलि चौथो पटक प्रधानमन्त्री  : Jana Aawaj News

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बन्नुभएको छ । उहाँलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको हो ।

२०७७ असार ३० मा सर्वोच्च अदालतको परमादेशपछि पदमुक्त भएका ओली प्रधानमन्त्री निवास बालुवाटारबाट निजीनिवास बालकोट पुग्नुभएको थियो भने, तीन वर्षपछि आइतबार उहाँ  प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

यसैगरी एमालेबाट उपप्रधानमन्त्रीसहित विष्णु पौडेल अर्थ, शिक्षामा विद्या भट्टराई, पदम गिरी सञ्चार, योगेश भट्टराई शहरी विकास मन्त्रालय सम्हाल्ने छलफल भएको बताइएको छ । यता कांग्रेसको तर्फबाट नेतृत्व गर्दै प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उप्रधानमन्त्री बन्ने बताइएको छ । कांग्रेस र एमालेले सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको बताइएको छ । साथै शपथ ग्रहण सोमबार ११ बजे हुने बताइएको छ ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न