श्रीपद्म माविमा हृदयरोग सम्बन्धी सचेतना कार्यक्रम सप्पन्न  | Jana Aawaj News

श्रीपद्म माविमा हृदयरोग सम्बन्धी सचेतना कार्यक्रम सप्पन्न 

पढ्न लाग्ने समयः < 1 मिनेट
श्रीपद्म माविमा हृदयरोग सम्बन्धी सचेतना कार्यक्रम सप्पन्न  : Jana Aawaj News

भक्तपुर । नेपाल हृदयरोग निवारण प्रतिष्ठान,भक्तपुरको प्राविधिक सहयोगमा श्रीपद्म मावि दरवार स्क्वायर, भक्तपुरमा मुटुरोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

उक्त विद्यालयको आयोजनामा स्कूलका शिक्षक, व्यवस्थापन समितिका सञ्चालक , विद्यार्थीहरू, प्रतिष्ठानका पदाधिकारीहरू गरी ६० जना सहभागीहरूलाई प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष एवं वरिष्ठ कार्डियो भास्कुलर सर्जन डा. प्रेमराज बैद्यले मुटुरोगका प्रकारहरू, रोग लाग्नाका कारणहरू, अपनाउनुपर्ने सतर्कता, नसर्ने रोगहरू आदि बारे जानकारीमूलक प्रस्तुतिकरण गर्नुहुँदै जीवनशैली र खानपानमा
बिशेष ध्यान पुर्याउनुपर्ने बारे जोड दिनुभयो ।

सोही कार्यक्रममा प्रतिष्ठानका उपसभापति राजुराम मुनंकर्मीले प्रतिष्ठानले निर्धारण गरेका ५ वटा राष्ट्रिय कार्यक्रमको सेरोफेरोमा रहेर मुटुरोग लाग्न नदिन विभिन्न सचेतनामूलक कार्यक्रमहरू गर्दै प्रतिकारात्मक तर्फ जोड दिएको बताउनुभयो । त्यसैगरी विद्यालयका प्राचार्य राम हाडाले उक्त प्रस्तुतिकरणबाट शिक्षक र बिद्यार्थीहरू लाभान्वित भई व्यवहारमा समेत लागु गरिने कुरामा आफू विश्वस्त रहेको बताउनुभयो ।

उक्त कार्यक्रमलाई प्रतिष्ठानका सचिव कृष्ण गोसाईं र महिला सशक्तिकरण उपसमितिका संयोजक विद्या राजभण्डारीले सहजिकरण गर्नुभएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
2 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
3 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
4 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न