मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र अंग प्रत्यारोपण सम्बन्धमा निति निर्माताहरुसँग अन्र्तक्रिया सम्पन्न | Jana Aawaj News

मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र अंग प्रत्यारोपण सम्बन्धमा निति निर्माताहरुसँग अन्र्तक्रिया सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र अंग प्रत्यारोपण सम्बन्धमा निति निर्माताहरुसँग अन्र्तक्रिया सम्पन्न : Jana Aawaj News

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजनामा मस्तिष्क मृत्यू पश्चात हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि अन्तर्किया कार्यक्रम सम्पन्न भयो । अन्तक्र्रिया कार्यक्रमा सर्वोच्च अदालतका माननिय न्यायधिस, कानून, न्याय तथा संसदिय मामिल मन्त्रालयका सचिवज्यू, विशेष अदालतका अध्यक्ष, नेपाल प्रहरी, सशस्त्र प्रहरीवल र नेपाली सेनाका अधिकृत प्रतिनिधि, नेपाल उधोग बाँणिज्य महासंघका अध्यक्ष लगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थितीमा वृहत छलफल भयो ।
मस्तिष्क मृत्य पश्चात हने अंगदान र प्रत्यारोपण क्षेत्रमा रहेका सामाजिक चुनौतीका वावजुत र जनचेतनाको अभिवृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा अन्तर्कि्रया केन्द्रित थियो । अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी सबैमा भयो भने मात्र अंग प्रत्यारोपण सहज हुन सक्छ, त्यो भन्दा पनि आफू मरेपछि खरानी भएर जाने अंग या गाडेर सकिने अंग दान दिन सके १ जना व्यक्तिबाट ८ जनाको ज्यान बचाउन सकिने हुँदा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने कार्य सबैभन्दा महत्वपुर्ण भएको कुरा शहीद धर्भभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक तथा बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण विद् डा पुकार चन्द्र श्रेष्ठले बताउनुभयो ।

सबैले आ आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्यौ भने विदेशमा जस्तै ८० प्रतिशत प्रत्यारोपण नेपालमा पनि मस्तिष्क मृत्यू भएका व्यक्तिको अंगबाट हुने र अंग नपाएर प्रत्यारोपण बाट बञ्चित हुने भइ मृत्युवरण गर्नु पर्ने आवस्थाकोे अन्त्य हुने विस्वास डा श्रेष्ठले राख्नु भयो ।
मस्तिष्क मृत्यूबाट हुने अंग विरतण गर्नका लगि नेपाल सरकारले स्पष्ट मापदण्ड बनाएको हुँदा त्यसै अनुसार अंग वितरण हुने जानकारी गराइयो ।
अन्तक्र्रियाका क्रममा सर्वोच्च अदातलका मा.न्यायाधीश सपना प्रधान मल्लले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपण क्षेत्रमा धेरै काम गरेको हुँदा त्यस केन्द्रमा कार्यरत चिकित्सक तथा अन्य कर्मचारीले २४ घण्टा खटिएर काम गर्नु पर्ने तर पनि परिवारको न्यूनतम आवश्यकता पुरा गर्नको निम्ती हम्य पर्ने हुँदा उक्त टिमलाई सुविधा बढाउनु पर्ने र मस्तिष्क मृत्यु भै अंगदान दिने परिवारलाई आर्थिक भन्दा अन्य सेवावाट सहयोग र सम्मान गर्नु पर्ने कुरामा जोड दिनु भयो । प्रत्यारोपण कानूनी हिसावले पनि चुनौतिपुर्ण रहेको हुँदा पारर्दशी कार्यन्वयमा विशेष ध्यान दिनु पर्ने आवश्यकता औल्याउनु भयो । प्रत्यारोपणलाई व्यवस्थीत बनाउनको लागि अंगदाताको स्वास्थ्यमा सहयोग पु¥याउने खालका कार्यक्रमको विकसित गर्नु पर्ने कुरा बताउनुभयो ।
कानून मान्त्रालयका सचिव फडिन्द्र गौतमले केन्द्रको आफ्नै भवन नभएको र त्यती सानो स्थानवाट अंग प्रत्यारोपण जस्तो कार्य सफलताका साथ सम्पन्न गर्न खटिने चिकित्सक कर्मचारीलाई कामको आधारमा मुल्याङ्क गरी थप इन्सेन्टिभ दिनु पर्ने र अंगदाता परिवारलाई अंगदान गरेवापत सिधा पैशा दिनु भन्दा अन्य किसिमवाट सम्मानजनक सहयोग गर्नु पर्र्ने कुरा बताउनुभयो ।
कार्यक्रमा सहभागी अन्य अतिथीहरुले मस्तिष्क मृत्यूबाट हुने अंगदान तथा प्रत्यारोपण प्रवद्र्धन गर्नको लागि जनचेतना अभिवृद्धी गरी मस्तिष्क मृत्यु भनेको मृत्यु नै हो भनि बुझाउनु आवश्यक रहेकाले यसको प्रचारप्रसार गर्नु पर्ने र अंगदाता परिवारलाई शिक्षा, स्वास्थ्यको पहुँचमा सहुलियत दिने र राज्यले मानसम्मान गर्नु पर्ने तथा परिवरिक विमा गरि दिने जस्ता कार्यक्रम ल्याएमा प्रभावकारी हुन सक्ने सुझाव दिनुभयो ।

+ posts
ताजा
1 कुनै पनि प्रकारको दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको आग्रह
2 एमाले चागुनारायण कमिटीको रक्तदान कार्यक्रम सप्पन्न
3 प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीच भर्चुअल बैठक समस्यालाई पहिचान गरि एक्सनमा जान्छौँ : प्रधानमन्त्री ओली
4 वीलभयूद्वारा ललितपुरको जाउलाखेलमा बृहत रक्तदान कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 Contact
2 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
3 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न