वीपी कोइरालाबाट अहिलेको नेतृत्वले पाठ सिक्नुपर्ने : प्रधानमन्त्री ओली | Jana Aawaj News

वीपी कोइरालाबाट अहिलेको नेतृत्वले पाठ सिक्नुपर्ने : प्रधानमन्त्री ओली

पढ्न लाग्ने समयः < 1 मिनेट
वीपी कोइरालाबाट अहिलेको नेतृत्वले पाठ सिक्नुपर्ने : प्रधानमन्त्री ओली : Jana Aawaj News

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार वीपी कोइराला राष्ट्रिय पुरस्कार २०८०, समर्पण समारोहलाई सम्बोधन गर्दै वीपी कोइरालाले नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा पुर्याउन महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

यसैगरी बीपी कोइरालाले राजनीतिक दर्शन, समाज परिवर्तन र साहित्यको क्षेत्रमा आफ्ना छापहरु छोड्न सफल हुनुभएको बताउनुभयो ।
राजनीतिक दर्शनको पाटोमा, साहित्यिक दर्शनको पाटोमा वीपी कोइरालाले नेपाली राजनीति, समाज परिवर्तनका क्षेत्रमा आफ्ना छापहरु छोड्ने सफल व्यक्तित्व भएको जानकारी गराउनुभयो । राजनीतिलाई र साहित्यलाई एउटा उचाईमा पुर्याएको बताउनुभयो ।

दर्शन, साहित्य र राजनीतिको बारेमा विवादहरु रहेपनि वीपी कोइरालाले खोजेको व्यवस्था र प्रणालीमा आफू सहमत रहेको बताउनुभयो । उहाँले वीपी कोइरालाले दुरदर्शी तथा परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेको उल्लेख गर्दै अहिलेको नेतृत्वले उनीबाट पाठ सिक्नुपर्ने समेत जानकारी दिनुभयो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
2 ASEZ WAO द्वारा त्रियुगामा सरसफाई कार्यक्रम सम्पन्न
3 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा रसुवामा आएको बाढिबाट घाइते भएकाहरुको लागि भक्तपुरमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
4 ASEZ WAO द्धारा मुलपानिमा सरसफाई कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न