वागमती प्रदेश खेलकुद विकास परिषद्द्धारा खेलकुद प्रतियोगिताका लागि १ करोड सहयोग | Jana Aawaj News

वागमती प्रदेश खेलकुद विकास परिषद्द्धारा खेलकुद प्रतियोगिताका लागि १ करोड सहयोग

पढ्न लाग्ने समयः < 1 मिनेट
वागमती प्रदेश खेलकुद विकास परिषद्द्धारा खेलकुद प्रतियोगिताका लागि १ करोड सहयोग : Jana Aawaj News

काठमाडौं । वागमती प्रदेश खेलकुद विकास परिषद्ले देशकै सर्वाधिक धनराशिको पुरस्कार भएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता र प्रदेश लिग फुटबल प्रतियोगिताका लागि वागमती प्रदेश सरकारले एक करोड रकमको सहयोग गर्ने भएको छ ।

खेलकुद प्रतियोगिताको लागि वागमती प्रदेश खेलकुद विकास परिषद् र अखिल नेपाल फुटबल संघबीच दुईवटा प्रतियोगिता सञ्चालनका लागि सम्झौता भएको छ । प्रदेश खेलकुद परिषद्को वार्षिक कार्यक्रम अन्तर्गत विनियोजन भएको रकमबाट शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि ५० लाख र प्रदेश लिग फुटबलका लागि ५० लाख रकम प्रदेश खेलकुद परिषद्ले उपलब्ध गराउने सम्झौता भएको हो ।

सो सम्झौताअनुसार प्रदेश सरकारले ‘ए’ डिभिजन लिगमा हुने ९१ खेलमा प्रत्येक खेलको विजेता टिमलाई म्याचमनीका रूपमा ५० हजार रुपैयाँको दरले रकम प्रदान गर्ने भएको हो । यसैगरी खेल बराबरी भए दुवै टिमलाई २५÷२५ हजार रुपैयाँ प्रदान गरिने बताइएको छ ।

सम्झौताअनुसार खेल सकिएको १ साताभित्रमा सम्बन्धित खेलको विजेता टिमको बैंक खातामा सामाजिक विकास मन्त्रालयले उक्त रकम उपलब्ध गराउनेछ । यसरी ९१ खेलका लागि ४५ लाख ५० हजार रुपियाँ, प्रतियोगितामा उदीयमान खेलाडी ९राइजिङ प्लेयर० का लागि १ लाख रुपियाँ तथा प्रतियोगितासम्बन्धी अफिसियल खर्चका लागि ३ लाख ५० हजार रुपियाँ प्रदान गरिनेछ ।
सो सम्झौता सामाजिक विकास मन्त्री विजय सुवेदीको उपस्थितिमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र प्रदेश खेलकुद विकास परिषद् सदस्य सचिव सूर्यलाल भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । यो सम्झौताले वागमती प्रदेशको खेल क्षेत्रलाई अगाडि बढाउनुका साथै खेल क्षेत्रको विकासमा ठुलो भूमिका रहेको वागमती प्रदेशका सामाजिक विकास मन्त्री सुवेदीले बताउनुभयो ।

 

+ posts
ताजा
1 कालमेगी आँधीबाट फिलिपिन्समा ५२ जनाको मृत्यु
2 ऋतम्भराको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न
3 सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन
4 मुस्ताङमा बुधबार पनि भारी हिमपात
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न