भक्तपुरको चागुँनारायण विश्वकै उत्कृष्ट १० सहरमा छनौट | Jana Aawaj News

भक्तपुरको चागुँनारायण विश्वकै उत्कृष्ट १० सहरमा छनौट

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरको चागुँनारायण विश्वकै उत्कृष्ट १० सहरमा छनौट : Jana Aawaj News

भक्तपुर । चाँगुनारायण नगरपालिका संसारका उत्कृष्ठ १० नगरपालिकाको सूचीमा परेको छ । खुला तथ्यांक प्रणाली ओपन डाटा सिस्टममा गरेको योगदानका कारण सो नगरपालिका संसारकै उत्कृष्ठ नगरको सूचीमा पर्न सफल भएको हो । यो नेपालको तर्फबाट उपाधि जित्ने पहिलो नगरपालिका समेत बन्न सफल भएको छ ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ्ग अन्तर्गत सञ्चालित ओपन सिटी इन्क्युबेटर कार्यक्रमले यस्तो घोषणा गरेको हो ।

नगरपालिकाका तर्फबाट सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपाने नेपालको तर्फबाट यस कार्यक्रमको लागि सहभागिता जनाएका थिए ।

अहिले चाँगुनारायण नगरपालिकाले ओपन डाटाका लागि छुट्टै वेभसाइट निर्माण गरी सञ्चालनमा ल्याएको छ । डोमेन भएको यो साइटमार्फत सो नगर क्षेत्रका महत्वपूर्ण जानकारी हासिल गर्न सकिने भएको छ ।

यो नगरपालिकासँगै उत्कृष्ठ १० को सूचीमा अमेरिकाका ४, क्यानडा, इजरायल, अर्जेन्टिना, इक्वेटर, रोमानियाका एक÷एक शहरहरु यो सूचीमा परेका छन् । एशियाबाट उत्कृष्ठमा पर्ने यो नै एकमात्र शहर रहेको छ ।

 

उक्त नगरपालिकाका सूचना प्रविधि अधिकृत सिद्धान्त न्यौपानका अनुसार ओपन सिटी इन्क्युबेटर विश्वभरका शहरहरुबाट उत्कृष्ट डाटा आविष्कारहरुको सफलता र मापनलाई समर्थन गर्ने महत्वपूर्ण कार्यक्रम भएको बताउनुभयो । उहाँका अनुसार यस कार्यक्रममा छनौट हुने शहरहरुका १० अधिकारी एवं सल्लाहकारहरुलाई प्रशिक्षण एवं अन्तर्राष्ट्रियस्तरमा आफ्नो विचारहरुको लागि पहुँचको उपयोग गर्ने, विभिन्न शहरी चुनौतिको सामना गर्न, अत्याधुनिक काम सक्षम बनाउनेछ र अधिकारीहरुलाई डाटा सहयोगी, डाटा साझेदारी सम्झौता एवं अन्य प्रणालीहरु विकास गर्न सशक्त बनाउने उहाँले बताउनुभयो ।

+ posts