रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को दुई नयाँ पोस्टर आज सार्वजनिक | Jana Aawaj News

रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को दुई नयाँ पोस्टर आज सार्वजनिक

पढ्न लाग्ने समयः < 1 मिनेट
रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को दुई नयाँ पोस्टर आज सार्वजनिक : Jana Aawaj News

काठमाडौं । रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’को दुई नयाँ पोस्टर सार्वजनिक आज गरिएको छ । सार्वजनिक एक पोस्टरमा पूर्वशिक्षामन्त्री तथा सांसद देवेन्द्र पौडेल र अर्कोमा ज्ञानेन्द्र शाहीको पोस्टर रहेको छ ।

दुई पोस्टरमा दुबै जनालाई पोस्टरमा विशेष स्थान दिइएको छ । यसअघि फिल्मको ट्रेलरसमेत रिलिज भइसकेको छ । साथै प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भएको पोस्टर सार्वजनिक गरिसकिएको छ । यो फिल्म एसिड आक्रमणमा परेका ३३ जनाको वास्तविक घटनामा आधारित रहेको निर्माण टिमले जानकारी गराएको छ ।

उक्त फिल्ममा प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री नेपाल, सांसदद्वय शाही र पौडेल पनि विशेष भूमिकामा छन् रमित नै निर्माता रहेको फिल्मको कथा शिवम अधिकारीले लेखेका हुन् भने फिल्ममा पर्साकी तेजाबपीडित मुस्कान खातुनसहित सुरवीर पण्डित, सिम्रन खड्का, इभा गिरी, सुनिल कटुवाल लगायतले अभिनय गरेको फिल्ममा देख्न पाईन्छ । उक्त नेपाली चलचित्र आगामी भदौ ७ गते रिलिज हुने भएकोे छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा
2 सूर्यविनायक वडा नं. १ को साढे चार तले प्रशासनिक भवनको नगरप्रमुख थापाद्वारा शिलान्यास
3 बाचामारी-नन्दीकेश्वर सडकमा बृहत् सरसफाइ
4 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न