पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सूर्यविनायक नगरपालिका अवलोकन | Jana Aawaj News

Bhaktapur Hospital

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सूर्यविनायक नगरपालिका अवलोकन

पढ्न लाग्ने समयः 3 मिनेट
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सूर्यविनायक नगरपालिका अवलोकन : Jana Aawaj News

रमेश गिरी
भक्तपुर, २९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाा संविधानले स्थानीय निकायलाई प्रशस्त अधिकार दिएकाले ती अधिकारको समुचित प्रयोग गर्दै बिकासमा लाग्न आग्रह गर्नुभएको छ ।


आज सूर्यविनायक नगरपालिका कार्यालय पुगेर यहाँका विकासको गतिबिधिकोबारेमा जानकारी लिदै उहाँले भौतिक विकाससंगै मानसीक बिकासमा पनि लाग्नु सुझाब दिनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ संविधानले सथानीय पालिकाहरुलाई स्थानीय अधिकार रामम्रोसंग दिएको छ, जनतासंग प्रतक्ष्य जोडिएर प्रतक्ष्य सरोकार राख्दै काम गर्ने अवसर दिएको छ, जनतासंग सरोकार रहेका र आफ्ना गाउँघरका समस्याको समाधान गर्ने अवसर पनि पाएको छ ।”
पूर्वराष्ट्रपति भण्डारीले नगरपालिकामा उपप्रमुखको नेतृत्वमा गठन भएको न्यायिक समिति जनताको न्याको क्षेत्र भएको बताउनुभयो । उहाँले सबै जनता अड्डा अदालत धाउन सकदैनन् भन्दै स्थानीय समस्या स्थानीयस्तरमै समाधान गर्ने उदेश्यले संविधानमा यस्तो व्यबस्था राखिएको उहाँले बताउनुभयो ।
जनतासंग सुमधुर सम्बन्ध बनाएर कसरी जनतालाई सुख, शान्ति र सम्बृद्धि दिन सकिन्छ भनेर काम गर्न सुझाउदै उहाँले जनताको धेरै समसयालाई समधान गर्दै बिकासका गतिलाई अगाडि बढाउनु पर्ने बताउनुभयो ।


उहाँले पालिकाहरुले भौतिक सिबकास मात्रै नभई मानसिक बिकास र सीपयुक्त बनाउनु पर्ने बताउदै शिक्षा, स्वास्थ्यको साथै दिगो बिकासको लक्ष्य हासिल गर्ने गरि अगाडि बढ्नु पर्ने बताउनुभयो । स्थानीय श्रोत र साधनको उचित प्रयोग एवं संरक्षण गर्दै यहाँका सम्पदाहरुको संरषणमा पनि चासो दिनु पर्ने बताउनुभयो ।


नगरपालिकाको कर्यकक्षमा भएको कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले नगरपालिकाको समग्र बिकासकोबारेमा जानकारी गराउनु भएको थियो । उहाँले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई यहााको बिकास, शिक्षा, स्वास्थ्य एवं सम्पादको अबस्थाकाबारेमा जानकार िगराउदै नगरपालिकाको राजनीतिक अबस्थाकाबारेमा समेत अवगत गराउनु भयो ।
नगर प्रमुख थापाले भन्नुभयो, “यो नगरपालिकामा विगतमा पनि र अहिले पनि एमाले र काँग्रेसबाट सिवजयी भएका जनप्रतिनिधिहरु रहेका छौँ, यहाा दुई दल भएपनि अहिलेसम्म कुनै बिवाद र समस्यआ आएको छैन, बिकासमा हामी एक भएर मिलेर लागेका छौ, नगरपालिकाको मुहार फेर्ने हाम्रो प्रयास जारी छ ।”
कार्यक्रममा नगरपालिकाका प्रवक्ता रबिन्द्र सापकोटाले नगरपालिकाको स्थापनाकालदेखि हालसम्म भएको प्रगति र नगरपालिकाको समग्र अबस्थाकोबारेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराउनुभयो । नगरपालिकामा प्रमुख थापा, उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, नगरकार्यपालिकाका सम्पूर्ण टिम, कर्मचारीलगायतले उहाँले स्वागत गर्नु भएको थियो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नगरपालिकाको बिकास र अबस्थाकाबारेमा निकै अभिरुतीपूर्वक चासो राख्नु भएको उपप्रमुख भट्टराईले जानकारी दिनुभयो ।

यसैगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज भक्तपुरको सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको पूजा एवं दर्शन गर्नु भएको छ ।

आज डोलेश्वर मनिदर पुग्नु भएको उहाँले डोलेश्वर मन्दिरको पूजा, दर्शन, आरती गर्नुको साथै मन्दिरको अवलोकन गर्नु भएको थियो । मनिदरमा उहाँलाई नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजा, नगर प्रमुख वासुदेव थापष, उपप्रमुख सरिता भट्टराई तिमिल्सिना, प्रवक्ता रबिन्द्र सापकोटा, वडाध्यक्षहरु डोलेश्वर मन्दिर व्यबसथापन समितिका अध्यक्ष एवं पदाधिकारीहरु, जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष दीपक थापालगायतले स्वागत गर्नु भएको थियो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 स्रष्टा दिव्या बज्राचार्यले गरे स: दबू साहित्यमा एकल लघुकथा वाचन
2 अत्तरियादेखि धनगढीसम्मको सडकमा ‘इन्टरनेसनल वी लभ यू फाउन्डेसन’को बृहत् सरसफाइ अभियान
3 नेकपा एमालेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै
4 योगमार्फत स्वस्थ र समृद्ध प्रदेशको खाका: १३ जिल्लालाई योगमय बनाउन प्रदेश सरकार प्रतिबद्ध, डोलेश्वरमा मुख्यमन्त्रीको प्रतिबद्धता
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x