अन्तराष्ट्रिय वीलभयु फाउन्डेसनद्धारा श्री सरस्वती आधारभुत विद्यालयलाई सामाग्री हस्तान्तरण (तस्बिरमा हेर्नुहोस) | Jana Aawaj News

अन्तराष्ट्रिय वीलभयु फाउन्डेसनद्धारा श्री सरस्वती आधारभुत विद्यालयलाई सामाग्री हस्तान्तरण (तस्बिरमा हेर्नुहोस)

पढ्न लाग्ने समयः 5 मिनेट
अन्तराष्ट्रिय वीलभयु फाउन्डेसनद्धारा श्री सरस्वती आधारभुत विद्यालयलाई सामाग्री हस्तान्तरण (तस्बिरमा हेर्नुहोस) : Jana Aawaj News

नारायण थापा
भक्तपुर । संयुक्त राष्ट्रसंघको विश्व सञ्चार विभाग (DGC) को साझेदार सङ्गठन अन्तराष्ट्रिय वीलभयूले बुधबार भक्तपुरमा वातावरणीय सुधार परियोजना सञ्चालन गरेको छ । वीलभयूले मध्यपुर ठिमीको वडा नम्बर १ मा रहेको श्री सरस्वती आधारभुत विद्यालयमा साइनबोर्ड जडान गरी घेरा बार मर्मत गर्नुका साथै २५ थान पङ्खा हस्तान्तरण गरेको छ ।


कार्यक्रममा प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका वडा अध्यक्ष बाबुकाजी डंगोलले यस बस्तिमा भएको सरकारी विद्यालयमा वीलभयु फाउन्डेसनले विद्यार्थीहरुको उज्वल भविष्यका लागि गर्नुभएको कार्य महत्वपुर्ण भएको बताउनुभयो । विद्यालयलाई आज वीलभयुले विद्यार्थीहरुका लागि पङ्खा हस्तान्तरण गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । साथै यस विद्यालयलाई गुणस्तरिय शिक्षाका लागि नगरपालिका र वडा तहबाट सक्दो सहयोग गर्ने बताउदैं प्रत्येक सामुदायिक विद्यालयका लागि नेपाल सरकारले एक विद्यालय एक नर्सको अवधारणा अनुसार यस विद्यालयमा पनि नर्सको उपलब्ध गराउने बताउनुभयो ।

यसैगरी वीलभयु फाउन्डेसन नेपालका अध्यक्ष किशोर साम्सोहाङले अन्तर्राष्ट्रिय वीलभयु फाउन्डेसन एक गैर सरकारी संस्था हो, यसले आमाको प्रेम सारा संसारमा भन्ने मुल नारालाई विश्वभरी कार्यन्वयन गर्ने कार्य गरिरहेको बताउनुभयो । यसैगरी अन्तराष्ट्रिय वीलभयू फाउन्डेसनका १,५५,००० सदस्यहरूले ७३ वटा राष्ट्रहरूमा वातावरण संरक्षण, आपतकालीन राहत, गरिबी र भोक निवारण, पानी तथा सरसफाइ, स्वास्थ्य तथा शैक्षिक सहयोग, र सामाजिक कल्याण लगायतका मानवीय गतिविधिहरू विश्वव्यापी रूपमा गरिरहेका छन् । अन्र्तराष्ट्रिय समुदायको सबैभन्दा ठूलो साझा लक्ष्य, दिगो विकास लक्ष्यहरू (SDGs) हासिल गर्न पनि वीलभयूले मिलेर काम गरिरहेको बताउनुभयो ।


यस्तै मध्यपुर ठिमी नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधि धना गिरीले शैक्षि गुणस्तरका लागि यस किसिमको कार्यक्रम उपलब्धि मुलक भएको बताउनुभयो । राज्यले पनि शिक्षा क्षेत्रमा लगानी गरिरहेको बताउदैं पालिकाले विद्यालयलाइ्र्र अघि बढाउनका लागि भुमिका खेलिरहेको बताउनुभयो । २ वर्ष अघि आउँदा पानीले ढुबेको थियो, आज हेर्दा विद्यालयको मुहार फेरिएको बताउनुभयो । यसैगरी वीलभयुले विद्यालयको गुणस्तर बढाउनका लागि विद्यालयलाई सामाग्री हस्तान्तरण गरेको छ । विद्यालयका भाइबहिनीहरुका लागि गरेको यो कार्यमा नगरपालिकाको पनि साथ र सहयोग हुने बताउनुभयो ।


यसैगरी श्री सरस्वती आधारभुत विद्यालयका प्रध्यानाध्यापक इन्दिरा महतले यस विद्यालयसँग आाज अन्र्तराष्ट्रिय वीलभयु फाउन्डेसन जोडिएको छ । वीलभयुले यस विद्यालयको विकास र विद्यार्थीहरुको उज्वल भविष्यका लागि निरन्तर सहयोग गरिरहेको बताउनुभयो । वीलभयुका सदस्यहरुले निरन्तर विद्यालयलाई सफा गर्ने कार्यमा पनि अग्रसर रहेको बताउनुभयो । साथै बस्ति बासीहरुले पनि निरन्तर साथ र सहयोग गर्दै आएको बताउदैं विद्यालयमा हाल २७० जना लगभग भएकोले विद्यार्थीहरुलाई बालमैत्री रुपमा पढाउन कोठा पर्याप्त नभएको समेत बताउनुभयो ।


यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण पौडेलले वीलभयुले विद्यालयलाई अत्यावश्यक सामाग्री आज हास्तान्तरण गरेको छ, यसप्रति धन्यवाद ज्ञापन गर्नुभयो । यस किसिमको कार्यक्रमले विद्यार्थीहरुको लागि पठनपाठनमा सहयोग पुग्ने भएकोले यस्ता खालको कार्यक्रम हातेमालो गर्दै गर्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्षे पदम बहादुर सिजापतिले विद्यालयलाई आज गरेको सहयोग यस वस्तिले र यस विद्यालयले कहिले नर्बिसिने बताउनुभयो । सामुदायिक विद्यालयलाई छोडेर बोर्डिङ स्कुलमा गइरहेको विद्यार्थीहरुलाई यस सरस्वती आधारभुत विद्यालयमा आउ आउ हुने वातावरणको सिर्जना गर्ने वीलभयुलाई धन्यवाद ज्ञापन गर्नुहुदैं शिक्षाको गुणस्तरलाई आउने दिनहरुमा बढाउदै लान आग्रह समेत गर्नुभयो ।


मनोहरा टोल सुधार समितिका उपाध्यक्ष रबि बिसिले यो विद्यालयको प्रगतिको लागि उन्नतिको लागि निरन्तर रुपमा कार्य गर्दै आएको बताउदै अवैधानिक विद्यालय भएता पनि यस क्षेत्रमा सामुदायिक विद्यालय रहेको बताउनुभयो । यसैगरी यस बस्तिलाई अभिभावकत्व आवश्यकता रहेकोले वडाले र आज वीलभयुले पनि यस विद्यालयलाई साथ र सहयोग गरेको बताउनुभयो ।

भावी पुस्तालाई सहयोग गर्न लागिपरेको वीलभयूले गत अप्रिल महिनामा कोशी प्रदेशको इटहरीस्थित श्री सेतो गुराँस बालवाटिका प्राथमिक विद्यालयमा खेल मैदान निर्माणका लागि जग्गा खरिद रकम उपलब्ध गराएर शैक्षिक वातावरण सुधार गर्न पनि योगदान गरेको छ । हालसम्म वीलभयूले गण्डकी प्रदेशस्थित गोरखाको श्री चित्रेपोखरी माध्यमिक विद्यालय र काठमाडौंका प्राथमिक तथा उच्च माध्यमिक विद्यालयमा बहुउद्देश्यीय हल निर्माण, पाठ्यसामग्री तथा युनिफर्म सहयोग, पुस्तकालय निर्माण जस्ता कार्यहरू गरेर निरन्तर सहयोग गर्दैआएको छ ।
‘आमाको प्रेम सारा संसारलाई’ भन्ने नाराअन्तर्गत निरन्तर रूपमा साझेदारी र स्वयंसेवाको अभ्यास गर्दैआएको वीलभयूले यसअघि जुलाईमा काठमाडौंमा ‘आमाको उद्यान (Moms Garden) परियोजना सुरु गर्यो । यो परियोजना भूमण्डलीय उष्मीकरणको मुख्य कारण रहेको हरितगृह ग्याँस उत्सर्जनलाई घटाउन वृक्षारोपण गर्ने वीलभयू फाउन्डेसनको एक वातावरण संरक्षण गतिविधि हो । सन् २०२२ मा कागेश्वरी मनोहराको शहीद पार्कमा २४० वटा वृक्षहरू रोपिएको थियो ।

यसका अतिरिक्त, नदी र पहाड, सहरका सडकमा गरिने वातावरणीय कल्याण गतिविधि ‘क्लिक वल्डअभियान’मार्फत स्थानीय वातावरण संरक्षणमा पनि वीलभयू अग्रसर रहेको छ । त्यसै गरी वीलभयूले काठमाडौं, पोखरा र बुटवल जस्ता विभिन्न ठाउँमा ‘रक्तदान कार्यक्रम’ सञ्चालन गरेर जीवन बाँड्ने अमूल्य कार्यमा पनि योगदान पुर्याएको छ, लुम्बिनी प्रदेशको रुपन्देहीमा भारी वर्षाले क्षति भएका घर निर्माणमा सहयोग गर्ने, कोभिड-१९को महामारीलाई जित्न स्वास्थ्य निकायहरूलाई क्वारेन्टाइन सामग्री उपलब्ध गराउने, २०७२ सालको भूकम्पका बेला पीडितहरूका लागि राहत कार्यमा सहयोग गर्ने जस्ता राष्ट्रिय विपद्को सामना गर्नमा पनि वीलभयू सक्रिय रूपमा सहभागी हुँदैआएको छ ।
अन्तराष्ट्रिय वीलभयू फाउन्डेसनका १,५५,००० सदस्यहरूले ७३ वटा राष्ट्रहरूमा वातावरण संरक्षण, आपतकालीन राहत, गरिबी र भोक निवारण, पानी तथा सरसफाइ, स्वास्थ्य तथा शैक्षिक सहयोग, र सामाजिक कल्याण लगायतका मानवीय गतिविधिहरू विश्वव्यापी रूपमा गरिरहेका छन् । अन्तराष्ट्रिय समुदायको सबैभन्दा ठूलो साझा लक्ष्य, दिगो विकास लक्ष्यहरू (SDGs) हासिल गर्न पनि वीलभयूले मिलेर काम गरिरहेको छ । हालसम्म वीलभयूले अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण सर्वोत्कृष्ट सङ्गठन पुरस्कार, ११ पटक, कोरियाली सरकारबाट पदक, कम्बोडियाका राजाबाट अर्डर अफ मेरिट, अन्तराष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन एप्पल अवार्ड जस्ता थुप्रै अवार्डहरू प्राप्त गरिसकेको छ । नेपालमा पनि वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरीका मेयरबाट प्रशंसा-पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर-पत्र समेत प्राप्त गरेको छ । आजको उक्त कार्यक्रममा विद्यालयमा अतिथिहरद्धारा झन्डोत्वलन समेत गरिएको थियो ।

 

 

+ posts