ट्राफिकले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दियो, महिलाको मृत्युभएपछि ढुङ्गा हानाहान | Jana Aawaj News

ट्राफिकले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दियो, महिलाको मृत्युभएपछि ढुङ्गा हानाहान

भिडियो सहित

पढ्न लाग्ने समयः < 1 मिनेट
ट्राफिकले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दियो, महिलाको मृत्युभएपछि ढुङ्गा हानाहान : Jana Aawaj News

भक्तपुर । बिहिबार भक्तपुरको गट्ठाघरमा ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै ज्यान गएको छ । बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो। तर ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको हो ।

ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले एक्कासि ब्रेक लगाउँदा दुर्घटना निम्तिएको भन्दै अहिले त्यहाँ ठूलो संख्यामा जम्मा भएर सर्वसाधारणले विरोध गरिरहेका छन् । दुर्घटना स्थलमा तनाव भएकाले प्रहरीले थप प्रक्रिया सुरु गर्न नसकेको भक्तपुरका प्रहरी प्रवक्ता डीएसपी राजन कार्कीले बताउनुभयो ।

भीडकै कारण ट्रकले घिसारेर किचिरहेको शव निकाल्न लगिएको क्रेन पनि फर्काइएको छ । सडक रगताम्य छ। अहिले त्यहाँ जम्मा भएको भीडले प्रहरीको विरोध गरिरहेको छ । यस क्रममा केही सवारीसाधनमा तोडफोडसमेत गरिएको छ । प्रहरीले अवस्था नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।

गठ्ठाघर चोक नजिकै ट्राफिक प्रहरीको चेकिङ्को अवस्थामा स्कूटि चालक महिलाले स्कूटि साइड लगाउँदा पछाडिबाट तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको र ठक्कर पश्चात उनलाई लगभग ५० मिटर जति अगाडि घिसारेर लगेको थियो । आक्रोशित भीडले ट्राफिक प्रहरीहरुलाई कुटपिट गर्नुको साथै ट्रक पनि तोडफोड गरेका छन् । बाटो अहिले पुरै बन्द रहेको छ ।

 

 

 

भिडियो लिन्कमा हेर्नुहोला :

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न