ख्वप अस्पतालको बीमा बोर्डसँग २० करोडभन्दा बढी भुक्तानी बाँकी : अस्पताल सञ्चालनमा समस्या | Jana Aawaj News

ख्वप अस्पतालको बीमा बोर्डसँग २० करोडभन्दा बढी भुक्तानी बाँकी : अस्पताल सञ्चालनमा समस्या

पढ्न लाग्ने समयः < 1 मिनेट
ख्वप अस्पतालको बीमा बोर्डसँग २० करोडभन्दा बढी भुक्तानी बाँकी : अस्पताल सञ्चालनमा समस्या : Jana Aawaj News

ख्वप अस्पतालको बीमा बोर्डसँग २० करोडभन्दा बढी भुक्तानी बाँकी : अस्पताल सञ्चालनमा समस्या

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले स्वास्थ्य बीमाको रकम भुक्तानीमा ढिलाइ गर्दा अस्पताल सञ्चालनमा समस्या भएको बताउनुभयो ।

नेपाल सरकार स्वास्थ्य बीमा बोर्डका अध्यक्ष गुणराज लोहनीसँग बिहीबार भएको भेटका क्रममा प्रमुख प्रजापतिले स्वास्थ्य बीमाको रकम समयमै भुक्तानी नहुँदा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल सञ्चालन र व्यवस्थापनमा समस्या भएको प्रष्ट पार्नुभयो ।
बीमा बोर्डसँग ख्वप अस्पतालले रु. २० करोडभन्दा बढी रकम सोधभर्ना हुन बाँकी रहेको बताउँदै उहाँले स्वास्थ्य बीमा रकम छिटो सोधभर्ना गर्न ध्यानाकर्षण गर्नुभयो ।
ख्वप अस्पतालले जनतालाई सस्तो र सुलभ स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको बताउँदै उहाँले ख्वप अस्पतालले दैनिक ८०० जनाको हाराहारीमा बिरामीलाई स्वास्थ्य सेवा प्रदान गदै आइरहेको बताउनुभयो ।
सोही क्रममा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष गुणराज लोहनीले समयमै स्वास्थ्य बीमाको रकम भुक्तानी नहुँदा स्वास्थ्य बीमामा आबद्ध सरकारी अस्पतालको सेवा प्रवाह प्रभावित भएको स्वीकार्दै स्वास्थ्य बीमाको रकम छिटो भन्दा छिटो भुक्तानी दिने आश्वासन दिनुभयो ।
उहाँले ख्वप अस्पताललाई स्वास्थ्य बीमाअन्तर्गत सोधभर्ना हुन बाँकी रकममध्ये कम्तीमा ५० प्रतिशत रकम एक महिनाभित्र भुक्तानी दिने प्रतिबद्धता जनाउनुभयो ।
भेटकै क्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले  स्वास्थ्य बीमा बोर्डसँग पैसा नभएकै कारण अस्पतालहरुलाई स्वास्थ्य बीमाको रकम भुक्तानी दिन नसकेको प्रष्ट पार्नुभयो ।
उहाँले स्वास्थ्य मन्त्रालयमार्फत अर्थमन्त्रालयसँग रु. ८ अर्ब ७५ करोड माग गरेको बताउँदै अस्पतालहरुलाई सक्दो चाँडो स्वास्थ्य बीमाको रकम सोधभर्ना गरिने विषय अवगत गराउनुभयो ।
भेटमा ख्वप अस्पताल व्यवस्थापन समितिका सदस्य एवम् भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकला र अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ललगायतका प्रतिनिधिमण्डल बीमा बोर्ड पुग्नुभएको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
2 वी लभ यू फाउन्डेसन र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
3 संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे सम्पन्न
4 ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न