महिनामा ३ पटक सुर्यविनायक नपाले बजार अनुगमन गर्दै | Jana Aawaj News

महिनामा ३ पटक सुर्यविनायक नपाले बजार अनुगमन गर्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
महिनामा ३ पटक सुर्यविनायक नपाले बजार अनुगमन गर्दै : Jana Aawaj News

भक्तपुर । सूर्यविनायक नगरपालिकाले एक महिनामा ३ पटक बजार अनुगमन गर्ने भएको छ ।
बुधबार बसेको नगर बजार अनुगमन समितिको बैठकले हरेक महिनाको तीन पटक बजार अनुगमन गर्ने निर्णय गरेको उपप्रमुख सरिता तिमसिना भट्टराइले जानकारी गराउनुभएको छ । ‘नियमित कार्यतालिका नै बनाएर हामी बजार अनुगमन गर्नुका साथै उपभोक्ता र व्यवसायीलाई सचेतना कार्यक्रम गर्ने उपप्रमुख भट्टराइले बताउनुभयो ।

बजार अनुगमनको टोली आएपछि व्यवसायीले सटर बन्द गरेर हिड्ने अवस्थालाई अब व्यवसायी सचेतना कार्यक्रम मार्फत कम गर्ने नगरपालिकाको तयारी रहेको बताउदै हेरक महिनाको तीन पटक वर्षको करिब ३६ पटक नगरक्षेत्रमा संचालित खाद्य, मासु, औषधी, दुग्धजन्य लगायतका व्यवसायहरुको अनुगमन हुने बताइएको छ । ‘व्यवसायी मात्रै नभएर आम उपभोक्ता समेत सचेत हुनुपर्ने’ भन्दै नगरउपप्रमुख भट्टराईले खरिद खाद्य सामाग्रीको उपभोग्य मिति हेर्न र खरिद बिल लिने बानी गर्न आग्रह समेत गर्नुभएको छ ।

उक्त बैठकमा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले चाडपर्वको समयमा मात्र नभएर वर्षभरी नै बजार अनुगमन गर्ने उद्देश्यका साथ वार्षिक कार्यतालिका बनाएको बताउनुभयो । साथै उक्त बैठकमा उपभोक्ता अधिकारकर्मी, व्यवसायीको प्रतिनिधी, संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।

+ posts
ताजा
1 कालमेगी आँधीबाट फिलिपिन्समा ५२ जनाको मृत्यु
2 ऋतम्भराको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको गायन प्रतियोगिता सम्पन्न
3 सूर्यविनायक नगरपालिकाद्धारा “स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना” सन्चालन
4 मुस्ताङमा बुधबार पनि भारी हिमपात
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न