महिनामा ३ पटक सुर्यविनायक नपाले बजार अनुगमन गर्दै | Jana Aawaj News

ताजा


महिनामा ३ पटक सुर्यविनायक नपाले बजार अनुगमन गर्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
महिनामा ३ पटक सुर्यविनायक नपाले बजार अनुगमन गर्दै : Jana Aawaj News

भक्तपुर । सूर्यविनायक नगरपालिकाले एक महिनामा ३ पटक बजार अनुगमन गर्ने भएको छ ।
बुधबार बसेको नगर बजार अनुगमन समितिको बैठकले हरेक महिनाको तीन पटक बजार अनुगमन गर्ने निर्णय गरेको उपप्रमुख सरिता तिमसिना भट्टराइले जानकारी गराउनुभएको छ । ‘नियमित कार्यतालिका नै बनाएर हामी बजार अनुगमन गर्नुका साथै उपभोक्ता र व्यवसायीलाई सचेतना कार्यक्रम गर्ने उपप्रमुख भट्टराइले बताउनुभयो ।

बजार अनुगमनको टोली आएपछि व्यवसायीले सटर बन्द गरेर हिड्ने अवस्थालाई अब व्यवसायी सचेतना कार्यक्रम मार्फत कम गर्ने नगरपालिकाको तयारी रहेको बताउदै हेरक महिनाको तीन पटक वर्षको करिब ३६ पटक नगरक्षेत्रमा संचालित खाद्य, मासु, औषधी, दुग्धजन्य लगायतका व्यवसायहरुको अनुगमन हुने बताइएको छ । ‘व्यवसायी मात्रै नभएर आम उपभोक्ता समेत सचेत हुनुपर्ने’ भन्दै नगरउपप्रमुख भट्टराईले खरिद खाद्य सामाग्रीको उपभोग्य मिति हेर्न र खरिद बिल लिने बानी गर्न आग्रह समेत गर्नुभएको छ ।

उक्त बैठकमा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले चाडपर्वको समयमा मात्र नभएर वर्षभरी नै बजार अनुगमन गर्ने उद्देश्यका साथ वार्षिक कार्यतालिका बनाएको बताउनुभयो । साथै उक्त बैठकमा उपभोक्ता अधिकारकर्मी, व्यवसायीको प्रतिनिधी, संचारकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।

+ posts

 

 

ताजा
1 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
2 राेपाईंकाे सुरूवातसँगै २१३ औं  भानु जयन्तीकाे पूर्वसन्ध्यामा ३५ जना स्रष्टाहरूले गरे शव्दराेपाई
3 परमेश्वरको मण्डलीद्वारा ललितपुरको श्री देवी आधारभूत विद्यालयमा जुत्ता तथा खेलकुद पोशाक हस्तान्तरण
4 परमेश्वरको मण्डलीद्वारा हेटौंडाको बस्तीपुरमा वृहत रुपमा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न