सुनको मूल्य हालसम्मकै उच्च | Jana Aawaj News

ताजा


Bhaktapur Hospital

सुनको मूल्य हालसम्मकै उच्च

पढ्न लाग्ने समयः < 1 मिनेट
सुनको मूल्य हालसम्मकै उच्च : Jana Aawaj News

भक्तपुर । आईतबार स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुन आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा रु.१ हजार सात सयले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ५७ हजार १ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु. एक लाख ५८ हजार ८ सय निर्धारण भएको छ । असोज १ गतेको तुलनामा आजको मूल्यसूची अनुसार छापावाला सुन तोलामा रु दुई हजार एक सयले वृद्धि भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. पाँचले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय १५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. १ हजार नौ सय २० निर्धारण भएको छ ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगितामा सिद्धार्थ विद्यापीठकी आरोही बल्लले हासिल गरिन् दोस्रो स्थान
2 भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा गर्ने
3 रोटरीको पुस्तक प्रदर्शनीमा भसासको गजल वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न
4 बङ्गालको खाडीमा चक्रवात ‘अरनब’को प्रभाव: नेपालका विभिन्न क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x