विश्वविद्यालय विद्यार्थीहरुको समूह ASEZ द्वारा ललितपुरको मञ्जुश्री वृद्धाश्रममा स्वयं सेवा | Jana Aawaj News

विश्वविद्यालय विद्यार्थीहरुको समूह ASEZ द्वारा ललितपुरको मञ्जुश्री वृद्धाश्रममा स्वयं सेवा

साथै जावलाखेल पार्क सरसफाइ

पढ्न लाग्ने समयः 4 मिनेट
विश्वविद्यालय विद्यार्थीहरुको समूह ASEZ द्वारा ललितपुरको मञ्जुश्री वृद्धाश्रममा स्वयं सेवा : Jana Aawaj News

ललितपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज  विश्वविद्यालय विद्यार्थीहरुको समूह ASEZ ले छिमेकी प्रेम कार्यान्वयन तथा वातावरण संरक्षण जस्ता स्वयंसेवा गतिविधि अन्तर्गत सोमबार ललितपुर स्थित मञ्जुश्री वृद्धाश्रममा स्वयंसेवा सम्पन्न गरेको छ ।

सोमबार विश्वविद्यालय विद्यार्थी स्वयंसेवक सङ्गठन ASEZ ले बागमती प्रदेशको ललितपुर स्थित मञ्जुश्री वृद्धाश्रमको भ्रमण गरेर त्यहाँका ज्येष्ठ नागरिकहरूलाई न्यानो मुस्कान उपहार दिएका छन । ASEZ का एक जना सदस्यले “वृद्ध बुबा-आमाहरूलाई सम्मान गर्ने मनद्वारा आज हाम्रा विश्वविद्यालय विद्यार्थीहरू यहाँ एकसाथ भेला भएका छन् । सबै जना खुशी र स्वस्थ रहून् भनी कामना गर्दछु” भन्नुभयो ।

दिउँसो वृद्धाश्रमको भ्रमण गर्दै करीब २० जना विश्वविद्यालय विद्यार्थीहरूले ज्येष्ठ नागरिकहरूको रक्तचाप चेकजाँच गरिदिँदै, सरल स्वास्थ्य परीक्षण गरेका थिए । साथै आफूले तयारी गरेको भोजन पनि सँगै वितरण गर्दै मनोहर समय बिताए छन। वृद्धाश्रमकी संस्थापक, मञ्जु थापा मगरले युवाहरुले गरेको यो कार्यले खुशी व्यक्त गर्दै युवाहरूमाझ कृतज्ञता व्यक्त गर्नुभयो ।

विश्वविद्यालय विद्यार्थीहरूले प्रवाह गरेका उज्यालो र सकारात्मक ऊर्जा पाएपछि त्यहाँका ज्येष्ठ नागरिकहरू सबैको मुहारमा मुस्कान आएको थियो ।

ASEZ ले ‘Save the Earth from A to Z (सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं)’ भन्ने अर्थ बोकेको छ । यसमा अपराध रोकथाम, जलवायु परिवर्तन प्रतिक्रिया, स्थानीय समाजसेवा, प्रकोप राहत इत्यादि गतिविधिहरू पर्दछन् । साथै यसले, अन्तर्राष्ट्रिय समुदायको साझा लक्ष्य रहेको दिगो विकास लक्ष्य (SDGs) हासिल गर्नमा पनि सहभागिता जनाइरहेको छ ।

नेपालको शिक्षा मन्त्रालय र गणतन्त्र डोमिनिकनको वातावरण मन्त्रालय जस्ता प्रत्येक देशको सरकार र निकायहरूसँग साझेदारी सम्झौता(MOU) हस्ताक्षर गरेर यसले स्वयंसेवामा विशेषज्ञता थपिरहेको छ । यसले यूएनका पूर्व महासचिव बान गि मुन, रसायनशास्त्रमा नोबेल पुरस्कार विजेता रोबर्ट हुबर लगायत जीवनका विभिन्न विधाका विज्ञहरूलाई समर्थन हस्ताक्षर गर्न आग्रह गर्नुको साथै, अमेरिकी राष्ट्रपति स्वयंसेवा स्वर्ण अवार्ड, अन्तर्राष्ट्रिय ग्रीन एप्पल स्वर्ण अवार्ड जस्ता विभिन्न अवार्डहरू प्राप्त गरेको छ । गत जून महिनामा कोरियामा आयोजित ASEZ शिखर सम्मेलनमा, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस, पेरुका प्रधानमन्त्री गुस्टेभो एन्ड्रिएन्जेन, र दा भिन्ची इन्स्टिच्युटका निर्देशक थोमस फ्रे जस्ता ग्लोबल लिडरहरूले बधाइ सन्देश तथा भिडियो मेसेज पठाएर ASEZ को गतिविधिलाई समर्थन गरेका थिए ।

उनीहरूको गतिविधि नेपालमा पनि सक्रिय छ । गत जुलाई महिनामा उनीहरूले भक्तपुरको मध्यपुर ठिमीस्थित गट्ठाघर मगर सडक क्षेत्रको १ किलोमिटर दूरी सरसफाइ गर्नुका साथै बागमती नदीको छेउमा रहेको ललितपुर यूएन पार्क, काठमाडौं सभागृह र त्रिभुवन विश्वविद्यालय, गण्डकी पब्लिक हाइ स्कुल इत्यादि क्षेत्रहरूमा वातावरण सरसफाइ गरेका थिए । वातावरण संरक्षण मात्र होइनकि नो हर्न क्याम्पेन, शौचालय स्वच्छा इत्यादिको महत्त्वबारे जनचेतना जागरण अभियान पनि गरेका छन । सन् २०१५ मा भूकम्पले गर्दा भग्नावशेष भएको सिन्धुपाल्चोकको श्री प्राथमिक विद्यालय र काभ्रेको श्री भवानी प्राथमिक तथा माध्यमिक विद्यालयको भवन पुनर्निर्माण समेत गरेका छन ।

यसको अतिरिक्त १९ तारिखमा, परमेश्वरको मण्डली विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ STAR ले ललितपुरको जावलाखेल पार्क क्षेत्र सरसफाइ गरे । ASEZ STAR का सदस्यहरू लगायत साथीभाइ, सिनियर, जुनियर गरेर ३० जनाको सहभागितामा बिहान १० बजे सुरु गरेर करीब १ घण्टासम्म अमूल्य पसिना बगाउँदै उनीहरूले पार्कको हरेक कुना-काप्चा सरसफाइ गरे । सो दिन वातावरण सरसफाइद्वारा 7 बोरा पोलिथिन तथा विभिन्न किसिमका फोहोरहरू सङ्कलन गरिएको थियो ।

ललितपुर महानगरपालिकाले उनीहरूको स्वयंसेवालाई कदर गर्दै फोहोरलाई बिसर्जन गर्न मद्दत गरेको थियो । मेयर सुरेश बहादुर शाहीले यो असल कार्य प्रति विद्यार्थीहरूप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो । स्वयंसेवामा सहभागी भएका विद्यार्थीहरुले कार्यक्रममा सहभगी हुन पाएकोमा खुशी व्यक्त गरेका थिए ।

ASEZ STAR ले ‘Save the Earth from A to Z, Students Take Action Right now (सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं, विद्यार्थीहरूले अहिलेदेखि कदम चाल्छन्)’ भन्ने अर्थ बोकेको छ । ‘STAR’ ले, भविष्यका कर्णाधार रहेका विद्यार्थीहरूले ताराजस्तै ज्योति चम्काउँदै भविष्यलाई हाँक्ने अग्रणी बन्नेछन् भन्ने मूल भाव बोकेको छ ।

विश्वको हरेक ठाउँमा स्वयंसेवा गर्ने उनीहरूको पाइला निरन्तर अगि बढ्नेछ । नेपालमा पनि स्थानीय वातावरण संरक्षणस्वरूप उनीहरूले गत अगस्ट महिनामा ललितपुरको गोदावरी स्थित पाँडेगाउँ क्षेत्रमा करीब ६० वटा बिरुवा वृक्षारोपण गरे ।

गत वर्ष हेटौंटाको दिव्य निकेतन वृद्धाश्रमको सान्त्वनादायक भ्रमण गरेर त्यहाँका ज्येष्ठ नागरिकहरूलाई स्वादिलो भोजनले सत्कार गरे ।

विद्यार्थीहरूको यस्ता परोपकारी स्वयंसेवाको कदरस्वरूप यस सङ्गठनले अमेरिकी राष्ट्रपति स्वयंसेवा स्वर्ण अवार्ड, पेरुको राष्ट्रिय सभाका अध्यक्षबाट प्रशंसा पत्र, कोरियाको सउल महानगरका प्रमुखबाट प्रशंसा पत्र प्राप्त गरेको छ ।

+ posts
ताजा
1 प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
2 सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित
3 प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
4 वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट अन्तरक्रिया सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न