
नारायण थापा
काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज विद्यार्र्थीहरुको स्वयंमसेवक समूह ASEZ STAR द्धारा ओरियन्ट कलेजमा दुई दिने Shoulder to Shoulder Campaign शुक्रबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा ASEZ STAR का करीब २० जना सदस्यहरुले विद्यार्थीहरुलाई विद्यालयमा हुने हिंसा र त्यसको रोकथामका विषयमा पावर पोइन्ट प्रस्तुती (ppt) द्धारा जानकारी गराएका थिए । कार्यक्रममा दुइ सिफ्ट गरी कलेजका करीब ३०० जना विद्यार्थीहरुको सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा विद्यार्थीहरुले अहिलेसम्म यस प्रकारको कार्यक्रममा सहभागि नभएको बताउदैं विद्यालयमा हुने हिंसाको विषयमा सबैलाई जानकारी हुनुपर्ने बताएका थिए । कलेजका शिक्षकले पनि यस प्रकारको कार्यक्रमले विद्यार्थीहरु सचेत हुन सक्ने बताउदै यस प्रकारको कार्यक्रमलाई सबै विद्यालय र कलेजहरुमा संचालन गर्न सुझाब समेत दिनुभएको थियो ।
ASEZ STAR चाहिँ बाइबलको शिक्षा अनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दै निस्तार-चाड पालन गर्ने वैधानिक परमेश्वरको मण्डलीको विद्यार्थी स्वयंमसेवक समूह हो । ASEZ STAR को अर्थ चाहिँ (Save the earth from A to Z) को छोटकरी रूप हो । जसले विद्यार्थीहरूको संसारलाई बदल्न सक्छ भन्ने अर्थ बोकेको छ र हाम्रा क्लवले धेरै स्वयंसेवा गतिविधि र जनचेतना जगाउने कार्यक्रम गरेको कारणले धेरै पटक पुरुस्कार द्वारा सम्मानित गरिएको क्लव पनि हो ।
उक्त कार्यक्रम आसेज स्टारका विद्यार्थी स्वयंसेवक समुहका सदस्यहरुले विद्यालयमा हुने हिंसा कम गरौं भन्ने उदेश्यका साथ जनचेतना जगाउने कार्य गरेको थियो । कार्यक्रमा हिंसा विभिन्न प्रकारका हुन्छन् जस्तै घरेलु हिंसा, महिला हिंसा, बालबालिका हिंसा आदि । यी सबै हिंसा मध्ये विद्यालय हिंसाको बारेमा जानकारी गराइएको थियो । हिजोआज विद्यालयमा धेरै विद्यालय हिंसाहरु बढिरहेको छ जसको कारणले विद्यार्थी विद्यार्थीबिच झडप जस्ता कार्यहरूले विद्यार्थीको ज्यान जोखिममा परिरहेको छ ।
तयसैले विद्यालय हिंसाको बारेमा अध्ययन गर्नुको उद्देश्य के होला त ? त्यो नै विद्यालय हिंसाको विभिन्न प्रकारहरूको बारेमा जान्न, सानोतिनो दुरव्यवहार पनि विद्यालय हिंसा भएकोले पिडितको भावनालाई बुज्ने मन लिन र विद्यालयमा हुने विभिन्न किसिमका हिंसालाई रोक्ने कार्यलाई कार्यान्वयन गर्नको निम्ति हो ।
कार्यक्रममा विद्यालय हिंसा रोकथामबारे पावर पोइन्ट प्रस्तुतीद्धारा शिक्षण निर्देशिका जानकारी गराइएको थियो :
१. अध्ययन गर्नुको उद्देश्य
क. विद्यालय हिंसाका विभिन्न प्रकारहरूको बारेमा जान्न ।
ख. सानोतिनो दुव्र्यवहार पनि विद्यालय हिंसा भएकोले पीडितको भावनालाई बुझ्ने मन लिन।
ग. विद्यालयमा हुने विभिन्न किसिमका हिंसालाई रोक्ने कार्यहरूलाई कार्यान्वयन गर्नको निम्ति हो ।
२. मार्गदर्शनको मुख्य बिन्दु
विद्यालय हिंसाका विभिन्न प्रकारहरू र सानोतिनो दुव्र्यवहार पनि विद्यालय हिंसा हुन सक्छ भन्ने यथार्थताप्रति सचेत गराउन केन्द्रित रहने कुरा नै यस मार्गदर्शनको मुख्य बिन्दु हो ।
३. विद्यार्थीहरूलाई भिडियोसँग सम्बन्धित प्रश्नहरू सोध्दै उत्प्रेरित गराउने ।
क. विद्यालय हिंसाका प्रकारहरू के–कस्ता छन् ?
ख. अहिलेसम्म तपाईंले जान्नुभएको विद्यालय हिंसाका प्रकारहरू के–के छन् ?
४. विद्यालय हिंसामा के-कस्ता कुराहरू पर्छन् होला ?
विद्यालय हिंसाका विभिन्न रूपहरू हुन सक्छन् । दक्षिण कोरियाको शिक्षा मन्त्रालयको क्षेत्रगत विद्यालय हिंसाका उपाय तथ्याङ्कअनुसार विद्यालय हिंसालाई निम्नानुसार वर्गीकृत गरिएको छ ः मौखिक दुव्र्यवहार (३५.३%), सामूहिक छेडखानी (१६.५%), शारीरिक हिंसा (११.५%), साइबर हिंसा (९.७%), जवर्जस्त असुली (१.२%) र जोरजबर्जस्ती (५.३%) ।
क. मौखिक दुवर््यवहार चाहिँ सम्पूर्ण हिंसाको सुरुवात हो ।
- यसलाई तीन मुख्य प्रकारमा वर्गीकृत गर्न सकिन्छः मानहानि, अपमान र धम्की ।
- मानहानि भन्नाले धेरै मानिसहरूको अगाडि कसैको मान सम्मानमा हानि पुर्याउने बोली (व्यक्तित्व, क्षमता इत्यादि) बोल्नु, अथवा त्यस्ता विषयका लेखहरू इन्टरनेट वा सामाजिक सञ्जालमा फैलाउने कार्यलाई बुझाउँछ ।
- अपमान भन्नाले धेरै मानिसहरूको अगाडि लगातार अपमानजनक शब्दहरू बोल्ने कार्य चा त्यस्ता शब्दहरूलाई इन्टरनेट वा सामाजिक सञ्जालमा फैलाउने कार्यलाई बुझाउँछ ।
- धम्की भन्नाले हानिकारक बोली–व्यवहार र मेसेजद्वारा डर देखाउने कार्यलाई बुझाउँछ ।
- कसैको प्रतिष्ठामा हानि पु¥याउने विषय साँचो भए पनि मानहानिको अपराध ठहर्छ र झूटो हो भने कडा सजाय पाउँछ ।
ख. सामूहिक छेडखानी चाहिँ पीडितहरूका लागि हिंसाको सबैभन्दा पीडादायी रूपहरूमध्ये एक हो ।
- यसलाई उपहास, खिसी दया जानाजान छेडखानमा वर्गीकरण गर्न सकिन्छ ।
- उपहास तथा खिल्लीमा अपमानजनक शब्दहरूको साथ नाम बोलाउने वा ठट्टा गर्ने, व्यङ्ग्य हान्ने, निन्दा गर्ने, डर देखाउने, जिस्काउने जस्ता कार्यहरू पर्छन् ।
- जानाजान छेडखान भन्नाले सामूहिक रूपमा कसैबाट बारम्बार तर्किने व्यवहार, अरू विद्यार्थीहरूसँग घुलमिल हुनबाट रोक्ने व्यवहार इत्यादिलाई बुझाउँछ ।
- कुनै विशेष विद्यार्थी जानीजानी बेवास्ता गर्नु वा बहिष्कार गर्नुलाई सामूहिक छेडखानी मानिन्छ र यस्तो कार्यले पीडित विद्यार्थीलाई ठूलो हानि पु¥याउँछ ।
ग. शारीरिक हिंसाले गम्भीर सजाय निम्त्याउन सक्छ ।
- यसमा थुना, चोटपटक वा कुटपिट, अपहरण र प्रलोभन जस्ता कार्यहरू समावेश छन् ।
- थुनाले कुनै निश्चित ठाउँबाट बाहिर निस्कन प्रतिबन्ध लगाउने कार्यलाई बुझाउँछ, अनि चोटपटक वा कुटपिट भन्नाले हात वा खट्टाले शरीरमा हिर्काउने जस्ता पीडा दिने कार्यलाई बुझाउँछ ।
- अपहरण भन्नाले कसैलाई जबरजस्ती (कुटपिट वा धम्कीद्वारा) एक निश्चित ठाउँमा लैजानु हो, र प्रलोभनले चाहिँ कसैलाई छल गरेर कुनै ठाउँमा लैजाने कार्यलाई बुझाउँछ ।
- मजाकको बहानामा चिमोट्ने, पिट्ने, जोडले धक्का दिने जस्ता व्यवहारहरू पनि विद्यार्थीले हिंसाको रूपमा लिए भने त्यो पनि विद्यालय हिंसामा पर्छ
घ. जबर्जस्त असुली गर्नु एक आपराधिक कार्य हो ।
- यसमा जानीजानी सम्पत्ति नोक्सान गर्ने, जबर्जस्ती सापटी लिने, असुली गर्ने इत्यादिमा वर्गीकरण गर्न सकिन्छ ।
- कुनै वस्तुलाई जानाजानी विगार्नु, जानाजानी सम्पत्ति नोक्सान गर्नु हो ।
- जबर्जस्ती सापटी भन्नाले पैसा वा सामान फिर्ता गर्ने मनसायविना नै माग्नु हो, या फिर्ता नगरी घरिघरि पैसा वा सामान सापटी लैजानु हो ।
- असुली भन्नाले अरूको पैसा, सामान जस्ता कुराहरू खोस्ने वा निश्चित अवधिमा पैसा जम्मा गरेर ल्याउन लगाउने व्यवहार इत्यादि पर्छ ।
ङ. साइबर हिंसा बढिरहेको छ ।
- यसमा साइबर अपमान र साइबर बुलिङ समावेश छ ।
- साइबर अपमान भन्नाले इन्टरनेट वा सामाजिक सञ्जालमार्फत व्यापक्त दर्शकहरूमाझ कसैको बारेमा गलत जानकारी वा निजी विवरणहरू फैलाउनु हो। इन्टरनेट चुलेटिन बोर्ड, च्याट रुम, क्याफे इत्यादिमा कसैको बारेमा अपमानजनक वा आपत्तिजनक टिप्पणीहरू पोस्ट गर्नु पनि यसमा पर्छ ।
- साइबर बुलिङचाहिँ कसैलाई मोवाइल, कम्प्यूटर इत्यादि प्रयोग गरेर सामाजिक सन्जाल वा गेम जस्ता कुराहरूबाट बहिष्कार गर्ने कार्य हो । र यसमा मोबाइल फोन वा अन्य डिजिटल संचार संजालमार्फत डर, त्रास, भय उत्पन्न गराउने मेसेज, ध्वनि वा भिडियोहरू बारम्बार पठाउने कार्य पनि पर्छ ।
- साइबर हिसा पनि विद्यालय हिंसाको एक रूप र एक अपराध हो जसमा मानहानि, निन्दा, सूचना र सन्चार मन्जालसँग सम्बन्धित अपराधहरू समावेश छन्। कसैलाई असहज बनाउने वा दुःख दिने सन्देशहरू पठाउनु पनि साइबर हिंसाको रूपमा गनिन्छ (शिक्षा मन्त्रालय, २०१३) ।
च. जोरवबर्जस्ती याहिं पीडित विद्यार्थीलाई शारीरिक र मानसिक पीड़ा दिने हिंसा हो ।
- जबरजस्ती कसैलाई काम गर्न बाध्य पार्ने, वा धम्की र शारीरिक दुव्र्यवहार मार्फत बाध्य पार्ने जस्ता कुराहरू यसमा पर्छन ।
- जबरजस्ती कसैलाई काम गर्न बाध्य पार्ने भन्नाले खाजा ल्याउन लगाउन वाइफाइ दिन लगाउने, भनेको चाहि ष्लतभचलभत चलाउनको निम्त म्बतब कजबचभ गर्न लगाउने अरुको गृहकार्य गर्न लगाउने, अरूको सट्टामा खेल्न लगाउने जस्ता पीडितको इच्छाविपरीत जबजस्ती गर्न दवाव दिइने कार्य हो ।
- धम्की र शारीरिक दुव्र्यवहारमार्फत बाध्य पार्ने भन्नाले हिंसा वा धम्कीमार्फत जबरजस्ती कसैलाई जबरर्जस्ती कसैलाई काम गर्न बाध्य पार्ने भन्नाले खाना ल्याउन लगाउने, उनीहरूको अधिकारको प्रयोग गर्नबाट रोक्ने वा उनीहरूले गर्न नपर्ने काम गर्न बल वा धम्कीको प्रयोग गर्ने कार्य हो । यसमा कसैलाई हिंसात्मक समूहमा सामेल हुन दबाब दिने, धुम्रपान या मद्यपान गर्न बाध्य पार्ने वा अनावश्यक कार्यहरू गर्न बाध्य पार्ने जस्ता कुराहरू पनि पर्छन् ।
- यदि कुनै व्यक्तिलाई आफूले गर्न चाहेको काम गर्न बाध्य पारिन्छ वा आफूलाई हानि पु¥याउन या जारीरिक पीडा दिन बाध्य पारिन्छ भने मलाई जबरर्जस्तीको अपराध मानिन्छ ।
५. विचार आदानप्रदान गर्ने
अगाडि अभ्यवन गरिएजस्तै विद्यालय हिमा विभिन्न प्रकारहरू छन्। किती विषयवस्तुको आधारमा विद्यालय डिसाका प्रकारको छलफल गरेर हेर्ने हो भने
क. यसअघि विद्यालय हिंसा हो भन्ने थाहा नभएको वा यस पालि नयाँ गरी थाहा हुन आएको विद्यालय हिंसाको प्रकार छ भने त्यो कुन हो ? उदा.) सामुहिक छेडखान मैले उपहास र गिल्लालाई विद्यालय हिंसा हो भनेर सोचेको थिइन ।
ख. तपाईको विचारमा सबैभन्दा गम्भीर विद्यालय हिंसाचाहिँ कुन हो ? किन त्यस्तो लाग्छ ?
उदा.) मौखिक दुव्र्यवहार प्रत्यक्ष हिंसा जस्तो नलागे पनि यसले मानसिक रूपमा धेरै हानि पुल्याउने,भएकोले यो नै सबैभन्दा गम्भीर हुन्छ जस्तो लाग्छ हामीले विद्यालय हिंसाका विभिन्न प्रकारहरु बारे अध्ययन गर्यौ त्यसो भए यसलाई कसरी रोक्न सकिन्छ होला ?
६. सङ्कल्प तथा कार्यान्वयन
उदा.) सानो दुव्र्यवहार पनि विद्यालय हिंसामा पर्न सक्छ भन्ने सोच्दै अबदेखि म साथीलाई मन नपर्ने व्यवहार गर्नेछुइन । पिडित विद्यार्थीको मन बुझेर विद्यालय हिंसा रोक्न प्रयत्न गर्नेछु ।
त्यसोभए विद्यालय हिंसा रोक्नको निम्ति प्रतिज्ञा गरौं ।
हाम्रो प्रतिज्ञा :
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news
Related
