शुक्रबारदेखि असामान्य वर्षा देशभर पहिरो र डुबान | Jana Aawaj News

शुक्रबारदेखि असामान्य वर्षा देशभर पहिरो र डुबान

देशभरका अधिकान्स वर्षा मापन केन्द्रमा खतराको चेतावनी

पढ्न लाग्ने समयः < 1 मिनेट
शुक्रबारदेखि असामान्य वर्षा देशभर पहिरो र डुबान : Jana Aawaj News
photo file

भक्तपुर । शु्क्रबार राति साढे १० बजेको अवधिसम्ममा देशभरका ५९ वर्षा मापन केन्द्रमा चेतावनीको तह पार भएको थियो भने हाल शनिबार रातको ३ बजेसम्म पनि निरन्तर वर्षा भैरहेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा बागमती नदीको खोकना मापन केन्द्र र बाराको पसाहा खोलाको महेशपुर मापन केन्द्रले बाढीले सतह खतराको संकेतसम्म पुगिसकेको बताएको छ ।

हाल मनसुनी प्रणाली कायमै रहेका बेला बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुसमेत थपिएपछि नेपालमा गत ३६ घण्टादेखि लगातार वर्षा भइरहेको छ । अझै ३६ घण्टा वर्षा हुने सम्भावना रहेको मौसमविदले जानकारी गराएका छन् । शु्क्रबार राति साढे १० बजेको अवधिसम्ममा देशभरका ५९ वर्षा मापन केन्द्रमा खतराको चेतावनीको तह पार भएको छ । यसैगरी काठमाडौं उपत्यकामा बागमती नदीको खोकना मापन केन्द्र र बाराको पसाहा खोलाको महेशपुर मापन केन्द्रले बाढीले सतह खतराको संकेतसम्म पुगिसकेको बताएको छ । बाढी र वर्षाका कारण झापामा ४ सयभन्दा बढी र मोरङमा एक सयभन्दा बढी व्यक्तिहरुलाई जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको छ । झापामा तीन जना बेपत्ता भैसकेको बताइएको छ ।

वर्षा शनिबारसम्मै हुँदा के होला जनजीवन ?

निरन्तरको वर्षाले नेपालको अधिकान्सा भगहरुमा बाढी, पहिरो र डुबानको समस्या निम्तिएको छ । विभिन्न जिल्लाहरुमा सडक र पुलमा क्षति पुगेको छ । केन्द्रीय राजधानी काठमाडौंलाई जोड्ने प्रमुख राजमार्ग बीपी र पृथ्वी दुबै पहिरोका कारण अवरुद्ध छन् । यसैगरी देशमा लामो दुरिको यात्र नगर्न प्रधानमन्त्री मन्त्री केपि शर्मा ओलिले आग्रह गर्नुभएको छ ।

+ posts
ताजा
1 परमेश्वरको मण्डलीले संचालन गरेकाे ‘Hold Hope’ अभियान’द्वारा धुलिखेलका ३० घरधुरीलाई खाद्य सामाग्री हस्तान्तरण
2 मोरङमा विश्वव्यापी १,८२१ औं रक्तदान कार्यक्रम सम्पन्न
3 स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न
4 “एक जिल्ला एक स्वस्थ सहर अभिमुखीकरण कार्यक्रम”
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न