आज संसदीय दलको बैठक बस्दै | Jana Aawaj News

आज संसदीय दलको बैठक बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
आज संसदीय दलको बैठक बस्दै : Jana Aawaj News

भक्तपुर । आज नेकपा एमाले केन्द्रीय सचिवालय र संसदीय दलको छुट्टाछुट्टै बैठक बोलाएको छ । सचिवालयको बैठक ११ बजे र दलको बैठक १२ बजे बस्नेगरी बोलाएको नेताहरूले जानकारी दिएका हुन् ।

सचिवालय बैठक सिंहदरबार नजिकै रहेको बसेरा होटलमा बस्नेगरी बोलाएको एमाले केन्द्रीय कार्र्यालयले जनाएको छ । गत शनिबार आएको बाढीका कारण केन्द्रीय कार्यालयमा क्षति भएपछि सचिवालय बैठक बसेरा होटलमा बस्नेगरी बोलाएको बताइएको छ । त्यसैगरी संसदीय दलको बैठक सिहंदरबारमा बस्नेगरी बोलाइएको छ ।

दुवै बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आफ्नो अमेरिका भ्रमण, बाढी पहिरो लगायतबाट मुलुकमा भएको क्षति, राहत, उद्धार तथा पुनर्निर्माण लगायतका विषयमा आवश्यक निर्देशन दिने बताइएको छ । दलको बैठकमार्फत बाढीपहिरो तथा डुवान पीडितलाई सांसदहरूको पारिश्रमिकबाट केही रकम राहत कोषमा जम्मा गर्ने निर्णय गर्नसक्ने समेत बताइएको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न