डडेल्धुरामा रात्रिबस दुर्घटना चारको मृत्यु | Jana Aawaj News

डडेल्धुरामा रात्रिबस दुर्घटना चारको मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
डडेल्धुरामा रात्रिबस दुर्घटना चारको मृत्यु : Jana Aawaj News

भक्तपुर । डडेल्धुरामा रात्रिबस दुर्घटनामा चारको मृत्यु भएको छ । कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति करिब साढे ११ बजे डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ ।

उक्त दुर्घटनामा दुई महिला, एक पुरुष र एक बच्चाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडल््धुराले जानकारी गराएकोे छ । ससैगरी मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २० वर्षीया कमला बोहरा, उनका नाबालक छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेका छन् । ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । गम्भीर घाइते रहेका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ भने अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । बस सडकबाट करिब साढे तीन सय मिटर तल खसेको र दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आरक्षण स्कुलको आयोजनामा नेसनल प्याव्सनको एकल गायन प्रतियोगिता सम्पन्न 
2 भक्तपुरमा स्वस्थ मुटु सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 २८ जना स्रष्टाले ‘सः दबू साहित्य’मा रचना वाचन गरे
4 Asez star द्वारा विद्यालय हिंसा रोकथाम अभियान सेमिनार सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न