ASEZ WAO द्वारा बर्दियामा बृहत रुपमा हाते रूमाल सम्बन्धि  जनचेतना मुलक कार्यक्रम सम्पन | Jana Aawaj News

ASEZ WAO द्वारा बर्दियामा बृहत रुपमा हाते रूमाल सम्बन्धि  जनचेतना मुलक कार्यक्रम सम्पन

पढ्न लाग्ने समयः 4 मिनेट
ASEZ WAO द्वारा बर्दियामा बृहत रुपमा हाते रूमाल सम्बन्धि  जनचेतना मुलक कार्यक्रम सम्पन : Jana Aawaj News

काठमाडौं । ASEZ WAO कोहलपुरका सदस्यहरुद्वारा श्री गुराँस नमुना माध्यामिक विद्यालय बर्दियामा बृहत रुपमा हाते रूमाल प्रयोग गरौ भन्ने जनचेतना मुलक कार्यक्रम सम्पन भएको छ ।

उक्त कार्यक्रममा २ पटक गरेर करिब २५० जना विद्यार्थीहरको सहभागिता रहेको थियो ।

कार्यक्रममा ASEZ WAO को परिचय दिइएको थियो । साथै ASEZ WAO स्थापना हुनुको कारण पनि बताइएको थियो ।

हामी मानिस बाँच्न सक्ने एक मात्र ग्रह यो पृथ्वी, हाम्रो घर हो । अहिलेसम्म हामी यो पृथ्वीमा खुशीसाथ जिउदै आएका छौं तर हाम्रो खुशी, हाम्रो पृथ्वी जोखिममा परेको छ, खतरामा परेको छ । त्यसोभए हाम्रो पृथ्वी के कारणले खतरामा छ त ? हाम्रो कारणले गर्दा पृथ्वी खतरामा छ भनि विश्वास गर्न सक्नुहुन्छ? तर दुर्भाग्यवस यो कुरा सत्य हो, र हामी मानिस आफैँ पृथ्वीको निम्ति खतरा बनेका छौं ।

जलवायु परिवर्तनः UN को तथ्याङ्क अनुसार C02 को उत्सर्जन सन् १९९० यता ५०% ले बढेको छ ।

प्लाष्टिक प्रदूषणः विश्व आर्थिक फोरमको रिपोर्टमा सन् २०५० सम्म समुद्रमा माछा भन्दा प्लाष्टिक धेरै हुने अनुमान गरिएको छ ।

जैविक विविधतामा क्षतिः UN को तथ्यङ्क अनुसार विगत ४० वर्षमा ६०% प्राणीहरू लोप भइसकेका छन् र पृथ्वीको एक तिहाइ भूभाग मरुभूमिमा परिणत भएको छ ।

मानिसहरूको कारण वातावरण प्रदूषण भएर पृथ्वीमा बाँच्न नसकिने अवस्थाहरू सृजना भइरहेको छ । हामीले कुनै वस्तु उत्पादन गर्ने क्रममा पनि प्रदूषण गरिरहेका छौं, त्यो उत्पादन भएको वस्तु प्रयोग गर्ने क्रममा पनि प्रदूषण गरिरहेका छौं, र त्यो वस्तु काम नलाग्ने भएर फोहोरमा फाल्दा पनि हामीले प्रदूषण गरिरहेका हुन्छौं । यी सबै हामी मानिसको कारण भएकोले हामीमा परिवर्तन आयो भने मात्र सबै कुरा ठिक हुनेछ र पृथ्वीलाई बचाउन सक्नेछौं ।

हामीमा परिवर्तन आउन पहिला हाम्रो सोच परिवर्तन हुनुपर्छ । हाम्रो सोच परिवर्तन भयो भने हाम्रो कार्य परिवर्तन हुनेछ, र जब हाम्रो कार्य परिवर्तन हुन्छ तब यो संसारमा पनि अवश्य नै परिवर्तन आउनेछ ।

हाम्रो सोचाइ देखि सुरु गरेर हाम्रो कार्य पनि परिवर्तन गरौं र हामी बाँच्न सक्ने एक मात्र ग्रह यो पृथ्वी बचाऔं र हामी आफैँ पनि बाचौं भन्ने उद्देश्यका साथ ASEZ WAO स्थापना भएको हो ।

ASEZ WAO चाहिँ परमेश्वरको मण्डलीका जागिरे युवाहरूद्वारा गठन गरिएको अन्तराष्ट्रिय स्वयंसेवक समुह हो । ASEZ WAO ले विश्वको १७५ वटा देशमा ७,५०० ठाउँहरूमा कार्य गरिरहेको छ । ASEZ WAO को अर्थ के हो त? ASEZ भनेको Save the Earth from A to Z हो अर्थात सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं । अनि WAO भनेको We Are One Family अर्थात हामी एउटै परिवार हौं । त्यसैले ASEZ WAO भनेको हामी सबै जना एउटै परिवार भएर सुरुदेखि अन्त्यसम्म पृथ्वीलाई बचाऔं भन्ने अर्थ हो । यही नाराका साथ विगत लामो समयदेखि ASEZ WAO ले वातावरण संरक्षणको निम्ति निस्वार्थ रूपमा कार्य गर्दै आएको छ । ASEZ WAO ले विभिन्न संस्था, स्थानीय निकाय र राष्ट्रप्रमुखहरूबाट ९३ वटा पुरस्कार प्राप्त गरेको छ । ती मध्ये अन्तराष्ट्रिय पर्यावरण अवार्ड, ग्रीन एप्पल अवार्ड ४ पटक, ग्रीन वर्ल्ड अवार्ड ३ पटक पाएको छ । अमेरिकी राष्ट्रपति स्वयंसेवा पुरस्कार पनि ३ पटक पाएको छ ।

यसैगरी  ASEZ WAO को गतिविधिको बारेमा जानकारी गराइएको थियो । ASEZ WAO ले सञ्चालन गरिरहेको प्रमुख अभियानहरू ८ वटा रहेका छन् :

आज विशेष गरी अभियान challenge of using a handkerchief हो ।

के तपाईँले कहिल्यै रुमाल प्रयोग गरेर रुख रोप्नुभएको छ ?

सुन्दा अनौठो लाग्न सक्छ

अहिले वर्तमान समयमा मानिसहरूले दैनिक जीवनमा
पेपर टावल , ट्वाइलेट पेपर , टिसु पेपर , न्याकपिन पेपर प्रयोग गर्ने गर्छन्।

एक टन पेपर टावल टिसु पेपर न्याकपिन पेपर प्रयोग गर्नु भनेको १७ वटा सल्लाको रुख विनाश गर्नु हो। बराबर हो ।

एकजनाले एक वर्षमा प्रयोग गर्ने पेपर टावल ट्वाइलेट पेपर टिसु पेपर न्याकपिन पेपरको औसत मात्र कति होला ? आठ टुक्रा पेपर टावर टिसु पेपर ट्वाइलेट पेपर न्याकपिन पेपर प्रयोग गर्नु भनेको ३० किलो कार्बनलाई अक्साइड उत्सर्जन गर्नु हो । ३० किलो कार्बनडाइअक्साइड उत्सर्जन गर्नु हो त्यो भनेको साढे तीनवटा सल्लाहको रूख विनाश गर्नु बराबर हो ।
त्यसो गर्दा जलवायु परिवर्तन हुन्छ जलवायु परिवर्तन हुनु भनेको नै पृथ्वीको विनाश गर्नु पृथ्वीको विनाश गर्नु भनेको नै हामी आफूले आफैमाथि विपत्ति ल्याउनु हो। तर पेपर टावर ट्वाइलेट पेपर टिसु पेपर न्याक्पिन पेपर को सट्टामा रुमाल प्रयोग गर्यौ भने के हुन्छ होला होला ?
एक वर्षमा ३० किलो कार्बनलाई अक्साइड घट्दछ
अनि एक व्यक्ति बराबर ३० वर्ष पुरानो सल्लाको रुख रोपे बराबर हुन्छ ।
कसरी रुमाल प्रयोग गर्ने च्यालेन्जमा सहभागी हुने त ?

विद्यार्थीहरूले विद्यालय आउँदा हाते रुमाल लिएर आउने र हाते रुमाल नै प्रयोग गर्ने ।

होटलमा रेस्टुरेन्टमा खाजा खाना खान खाँदा जाँदा पनि हाते रुमाल प्रयोग गर्ने शिक्षकहरुले पनि विद्यालय आउँदा हाते रुमाल प्रयोग गरेर उदाहरण देखाउने अनि हाती रुमाल प्रयोग गर्ने बारेमा अरुलाई जानकारी गराउने ।
र ASEZWAO.org मा गएर हस्ताक्षर गर्ने त्यसैले हाते रुमाल प्रयोग गरौं एक व्यक्ति बराबर ३० किलो कार्बनलाई अक्साइड घटाउँ एक व्यक्ति बराबर ३० वर्ष पुरानो सल्लाहको रुख साढे तीनवटा रोपौँ ।

भिडियो तल लिन्कमा हेर्नुहोला : 

+ posts